भारत ‘ए’ इमर्जिङ एसिया कपको फाइनलमा पाकिस्ता संग पराजित

पछिल्लाे समाचार

०८ साउन,काठमाडौँ: आईपीएल स्टारहरूले भरिए पनि भारत ‘ए’ ले इमर्जिङ एसिया कपको फाइनलमा पाकिस्तानमा लज्जास्पद हार बेहोरेको छ।पाकिस्तानले भारतलाई १२८ रनले पराजित गरेको हो। पाकिस्तानका लागि शतक प्रहार गरेका तैयब ताहिर फाइनलको प्लेयर अफ द सिरिज घोषित भए।

यता भारतका निशान्त सन्धु प्लेयर अफ द सिरिज घोषित भए।कोलम्बोमा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थियो। पहिले ब्याटिङ गरेको पाकिस्तानी टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५२ रन बनाएको थियो। जवाफमा भारतीय टोली ४० ओभरमा २२४ रनमा अलआउट भयो।

पाकिस्तानको टोली यस प्रतियोगितामा लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। टोली २०१९ मा च्याम्पियन पनि बनेको थियो। त्यहाँ पाकिस्तानले बंगलादेशलाई हराएको थियो।भारतीय टोलीले प्रतियोगिताको पहिलो उपाधि मात्र जित्न सकेको छ। सन् २०१३ को पहिलो सिजनमा सूर्यकुमार यादवको कप्तानीमा भारतीय टोलीले पाकिस्तान ‘ए’ लाई हराएको थियो।

२०१७ र २०१८ मा श्रीलंका ‘ए’ले पाकिस्तान ‘ए’ र भारत ‘ए’ लाई पराजित गर्दै लगातार २ पटक उपाधि जितेको थियो।यस प्रतियोगितामा नेपाल पनि सहभागी थियो। तीन खेलेको नेपालले एकमा जित हात पारेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय