भारतमा कार दुर्घटना हुँदा नेपालका ६ जनाको मृत्यु

पछिल्लाे समाचार

२१ साउन काठमाडौं । भारतमा कार दुर्घटना हुँदा नेपालका ६ जनाको मृत्यु भएको छ । भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी बाँकेको नेपालगञ्जका एकै परिवारका ४ जनासहित ६ जनाको मृत्यु भएको हो ।भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

दुर्घटनामा परी नेपालगञ्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ता तथा  सन्तोष गुप्ताको छोरा २२ वर्षीय निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको मृत्यु भएको हो ।

गाडी चालक अजय मिश्रको उपचार भइरहेको छ । दुर्घटनाको खबरले नेपालगञ्जको त्रिभुवनचोक क्षेत्र शोकमा डुबेको छ ।मृतकको शव भारतको बहराइचमा परीक्षणपछि शव नेपाल ल्याउनका पहल भइरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय