अफगानिस्तानमाथि पाकिस्तानको रोमाञ्चक जित

पछिल्लाे समाचार

काठमाडौं- तीन खेलको एकदिवसीय क्रिकेट प्रतियोगितामा पाकिस्तानले अफगानिस्तानलाई एक विकेटले पराजित गरेको छ। यो पाकिस्तानको दोस्रो जित हो। जितसँगै पाकिस्तानले एक खेल अगावै शृंखला आफ्नो पक्षमा पारेको छ।

श्रीलंकाको हम्बानटोटामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा ३०० रन बनाएको थियो।३ सय १ रनको लक्ष्य पाएको पाकिस्तानले एक बल बाँकी रहँदा ९ विकेट गुमाएर पूरा गर्‍यो। पाकिस्तानका लागि इमाम उल हकले ९१, कप्तान बाबर आजमले ५३ र सदाब खानले ४८ रनको योगदान दिए।

पहिलो ब्याटिङ गरेको अफगानिस्तानका ब्याटर रमातुल्लाह गुरबाजले १५१ र इब्राहिम जद्रानले ८१ रन बनाएका थिए। उनीहरूले पहिलो विकेटका लागि २ सय २७ रनको साझेदारी गरेका थिए।बलिङमा पाकिस्तानका शाहीन शाह अफ्रिदीले २ विकेट लिए। अफगानिस्तानका फारूकीले ३ विकेट लिँदा मोहमद नाबीले २ विकेट हात पारे।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय