क्रिकेटर सन्दीप लामिछाने एसिया कप २०२३ मा सहभागी हुन आज पाकिस्तान जाँदै

पछिल्लाे समाचार

११ भदौं,काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप २०२३ मा सहभागी हुन आज पाकिस्तान जाँदैछन् ।सन्दीपविरुद्धको मुद्धाको अर्को पेशी भदौ २१ गतेका लागि तोकिएपछि उनी आज बिहान साढे १० बजे कतार एयरवेजमार्फत पाकिस्तान प्रस्थान गर्न लागेका हुन् ।

सन्दीपविरुद्धको मुद्दाको आइतबार पनि सुनुवाइ नभएपछि एसिया कप खेल्नका लागि पाकिस्तान जान लागेको नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।एसिया कपमा सहभागी हुन नेपाली टोली मंगलबारनै पाकिस्तान गए पनि सन्दीप भने गएका थिएनन् ।

एसिया कपमा समूह ‘ए’मा रहेको नेपालले भदौ १३ गते पाकिस्तानसँग मुल्तानमा र भदौ १८ गते श्रीलंकाको क्यान्डीमा खेल्नेछ ।एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपालले एसिया कपमा स्थान बनाएको थियो ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय