नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि सिफारिस

पछिल्लाे समाचार

२२ चैत,काठमाडौं : नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ। बुधबार बसेको बढुवा समितिको बैठकले १९ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए।

उनका अनुसार बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फका प्रहरी निरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि १९ जना इन्सपेक्टरको सिफारिस सूची प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार प्रकाशित गरिएको हो।

बढुवाका लागि सिफारिस भएकामध्ये पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय परिचालन कक्षमा कार्यरत निर्मल पनेरु रहेका छन् । उनको अंक ९७. २१६० रहेको छ । दोस्रो नम्बरमा रहेका ऋषिराम घर्तीमगर, तेस्रोमा दिपक मल्ल र १९ औं नम्बरमा कमलकुमार खड्का रहेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय