जीतपुरसिमरा १४ मा एक महिने नि:शुल्क मन्टेश्वरी तालिम सुरु

पछिल्लाे समाचार

०१ जेठ , बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ रजघट्टामा १ महिने नि:शुल्क मन्टेश्वरी तालिम मंगलबार देखि सुरु भएको छ । स्वाती मिडिया प्रालीका अध्यक्ष अनिल तिवारीको अध्यक्षता तथा जीतपुरसिमरा उपमहानगरपालिका वडा न १४ कि वडाध्यक्ष चयन गुरुङको प्रमुख अतिथ्यतामा शुरु सो तालिममा वडा नम्बर १४ का स्थानिय महिला र वडा न १५ को वडा  स्थानिय महिलाहरुको उल्लेख्य सहभागिता रहेको छ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै वडाध्यक्ष गुरुङ

सो अवसरमा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष गुरुङले शैक्षिक संस्थाहरुमा अध्ययन गर्ने साना बालबालिकाहरुलाई मन्टेश्वरी प्रयोत्मक विधिबाट पढाउन सहयोग पुग्ने र यस्ता तालिम जिबनपयोगी हुने अनि महिलाहरुमा स्वरोजगार समेत बढ्ने हुँदा यस्ताखाले तालिममा उपमहानगरको  ध्यान जाने बताए। तालिममा ३६ जना सहभागी रहेका छन् ।उक्त तालिममा आर्ट एवम् कला बाल कथा, अडियो भिडियो तथा मन्टेश्वरी विधिका सैदान्तिक तथा प्रयोग्यात्मक तरिका सिकाइने वडाका स्वाती मिडिया प्रालिका अध्यक्ष अनिल तिवारीले बताउनुभयो । 

कार्यक्रममा सहभागीहरु

जीतपुरसिमरा उपमहानगरपालिका वडा न १४ को कार्यालयको आर्थिक सहयोगमा स्वाती मिडिया प्रालि जीतपुरले आयोजना गरेको छ ।मंगलबार बाट सुरु भएको १ महिने नि:शुल्क मन्टेश्वरी तालिम जनता माध्यमिक विद्यालय रजघट्टामा संचालन हुने छ ।१ महिने नि:शुल्क मन्टेश्वरी तालिममा जनता मावी रजघट्टाका प्रधानध्यापक राजु अधिकारी सहायक प्रधानध्यापक बरुन गौतम लगाएत स्थानियहरुको सहभागिता रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय