युवा संघको स्थापना दिवसमा कलैया प्रादेशिक अस्पतालको बिरामिलाई फलफूल बितरण

पछिल्लाे समाचार

०१ जेठ ,बारा : युवा संघ नेपाल जिल्ला कमिटी बाराले मंगलबार बिरामीलाई फलफुल वितरण गरेर आफ्नो ३५ औं स्थापना दिवस मनाएको छ । राष्ट्रिय युवा संघ नेपाल बाराले प्रादेशिक अस्पताल कलैयाका बिरामीहरुलाई फलफुल वितरण गरी ३५ औं स्थापना दिवस मनाएको हो । अस्पतालमा उपचार गराइरहेका करिब १५ जना बिरामीहरुलाई मौसम अनुकुल हुनेगरी विभिन्न किसिमका फलफुलहरु वितरण गरिएको युवा संघ बाराले जनाएको छ ।

कार्यक्रममा बोल्दै युवा संघ नेपालको केन्द्रिय सचिव मोबिन आलमले बारामा युवा संघले गरेको फलफुल वितरणलगायत रचनात्मक कार्यको प्रशंसा गरेका थिए । उनले देश कठिन परिस्थितिबाट अगाडि बढिरहेको बताउँदै राष्ट्रियता कमजोर भएको अवस्थामा युवाहरुले खबरदारी गर्नुपर्नेमा जोड दिए । 

युवा संघ बाराको टीम

युवा संघ बारा जिल्ला अध्यक्ष सद्दाम अंसारी अध्यक्षत तथा केन्द्रीय सचिव मोबिन आलमको प्रमुख अतिथ्यतामा आयोजित फलफुल बितरण कार्यक्रममा, केन्द्रीय सदस्य राम यादव, पुर्व जिल्ला अध्यक्ष तथा एमाले जिल्ला सदस्य पुरुषोत्तम साह, उपसचिव रौशन यादव, ध्रुव साह, जाबेद अंसारी, बिक्की साह लगायत सहभागी रहेका थिए।

spot_imgspot_img
spot_img

लोकप्रिय