सुशासन अभियान सुदृढीकरण: GENZ 2.0 ले रौतहट र बारामा नयाँ नेतृत्व तोक्यो

पछिल्लाे समाचार

मंसिर ०५ कलैया : युवा नेतृत्व र सुशासनको अभियानलाई देशभर विस्तार गरिरहेको GENZ 2.0 ले रौतहट र बारा दुई जिल्लामा संगठनात्मक नेतृत्व फेरबदल गर्दै नयाँ जिल्ला संयोजक घोषणा गरेको छ। रौतहटमा सोनु कुशवाहालाई जिल्ला संयोजक नियुक्त गरिएको छ। केन्द्रिय सचिव कुन्दन कुशवाहा, मधेश प्रदेश संयोजक रमेश कुमार साह, सह–संयोजक श्रवण कुमार साह तथा केन्द्रीय प्रवक्ता अविन लिम्बुले संयुक्त रूपमा जारी गरेको पत्रमार्फत उनलाई औपचारिक रूपमा जिम्मेवारी प्रदान गरिएको हो।


संस्थाका अनुसार आजदेखि रौतहट जिल्लाभित्रका सबै कार्यक्रम, समन्वय तथा संगठनात्मक गतिविधिहरूको नेतृत्व कुशवाहाले गर्नेछन्। कुशवाहाको सक्रियता, युवा ऊर्जा र नेतृत्व क्षमताले जिल्लामा GENZ 2.0 को अभियानलाई अझ प्रभावकारी बनाउने विश्वास संगठनले व्यक्त गरेको छ। त्यस्तै, GENZ 2.0 ले बारा जिल्लामा मन्दिप दुबेलाई जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरेको छ। केन्द्रिय सचिव कुन्दन कुशवाहा, मधेश प्रदेश संयोजक रमेश कुमार साह र मधेश प्रदेश सह–संयोजक श्रवण कुमार साहले संयुक्त रूपमा जारी गरेको पत्रमा दुबेलाई आजदेखि बारा जिल्लाभित्रका सबै कार्यक्रम, समन्वय तथा संगठनात्मक क्रियाकलापको नेतृत्व गर्ने अधिकार प्रदान गरिएको उल्लेख छ।

“न्याय, सुशासन र समृद्धि”लाई मूल ध्येय बनाएको GENZ 2.0 हाल देशभर संगठन विस्तार र सुदृढीकरण अभियानमा जुटिरहेको छ। रौतहट र बारामा नयाँ नेतृत्व चयनसँगै उक्त अभियानलाई झनै गति मिल्ने संगठनले जनाएको छ।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय