जनता मा.वि रजघट्टामा एकै दिन २ वटा नवनिर्मित भवनको उद्घाटन 

पछिल्लाे समाचार

३१ बैशाख ,बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-१४ रजघट्टामा रहेको जनता माध्यमिक विद्यालयमा एकै दिन २ वटा भवनको उद्घाटन गरिएको छ ।सोमबार एक कार्यक्रमको बिच मधेश प्रदेश सभा सदस्य रबिन्द्रदास श्रेष्ठ र जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले २ वटा नवनिर्मित भवनको एकै दिन उद्घाटन गर्नु भएको छ ।

कार्यक्रममा सहभागी अतिथिहरु

तराई मधेश समृद्धि  कार्यक्रमको रु.५० लाखको लागतमा निर्माण भएको ४ कोठे भवनको उदघाटन मधेस प्रदेशका प्रदेश सभा सदस्य माननीय रविन्द्रदास श्रेष्ठले उद्घाटन गर्नुभएको छ भने राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको रु. ५० लाखको लागत निर्माण भएको ४ कोठे भवनको उदघाटन जितपुर सिमरा उपमहानगरपालिकाका मेयर  राजन पौडेल र उपमेयर भोला अधिकारीले सयुक्त रुपमा उद्घाटन गरिएको छ ।भवन उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख राजन पौडेलले जनता मावि रजघट्टाले एकै पटक २ वटा नवनिर्मित भवन पाउनुले विद्यालयको पठनपाठनमा ठप्प सहयोग पुग्ने बताउनुभयो ।जनता मावी रजघट्टामा ३ बर्षे बाली बिज्ञान र १८ महिने बाली बिज्ञानको पढाइ समेत हुने गरेको छ ।उक्त नवनिर्मित भवन उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका १४ कि वडाध्यक्ष चयन गुरुङ ,विद्यालयका प्रधानध्यापक राजु अधिकारी, सहायक प्रधानध्यापक बरुन गौतम लगाएत शिक्षक शिक्षिका र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय