विद्यार्थी सिकाई मूल्याकंन सर्वेको रिपोर्ट जीतपुरसिमरा उपमहानगरलाई हस्तान्तरण 

पछिल्लाे समाचार

अखिलेश कुमार यादव । ३१ बैशाख, बारा :बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-२ मा रहेको सिमरा कलेजले विद्यार्थी सिकाई मूल्याकंन सर्वेको रिपोर्ट जीतपुरसिमरा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ ।सोमबार सिमरा स्थित केएस आर सिनेमा हलमा एक कार्यक्रमको बिच सिमरा कलेजका प्रमुख शालिकराम अधिकारीले जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेललाई विद्यार्थी सिकाई मूल्याकंन सर्वेको रिपोर्ट हस्तान्तरण गर्नुभएको छ।

विद्यार्थी सिकाई मूल्याकंन सर्वेको रिपोर्टमा जीतपुरसिमरा उपमहानगरका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक अवस्था तथा भौतिक पूर्वाधार सम्बन्धि तथ्यांक उल्लेख गरिएको छ।जीतपुरसिमरा उपमहानगर भित्र संचालनमा रहेको ५८ वटा सामुदायिक विद्यालय र ४१ वटा संस्थागत विद्यालयमा सर्वेको बेला उपस्थित रहेको १६८५० जना विद्यार्थीको सर्वे गरिएको रिपोर्ट सार्वजनिक कार्यक्रममा जानकारी गराईएको छ ।विद्यार्थी सिकाई मूल्याकंन सर्वेको रिपोर्टमा सरकारी विद्यालय र संस्थागत विद्यालयमा कति विद्यार्थी अध्यनरत रहेको डाटा समेत समावेश गरिएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाले विद्यार्थी सिकाई मूल्याकंन सर्वे गर्ने जिम्मा सिमरा कलेजलाई दिएको थियो ।१६ दिने  सर्वेक्षणले शैक्षिक अवस्था कमजोर देखाएको हो । विद्यालयमा विद्यार्थी सिकाई मूल्याकंन सर्वेको टोलि पुगेर तथ्यांक संकलन गरेको थियो । विद्यार्थी सिकाई मूल्याकंन सर्वेको रिपोर्टमा संस्थागत विद्यालय भन्दा बढी उपमहानगरको वडा न ८ को सामुदायिक  विद्यालयमा बढी विद्यार्थी पढने गरेको र त्यसतै फकिरा गिरि राजेश्वर गिरिमा समेत निजि विद्यालय भन्दा बढी विद्यार्थी अध्यन गर्ने गरेको विद्यार्थी सिकाई मूल्याकंन सर्वे रिपोर्टमा देखाईएको छ ।सिमरा कलेजले सार्वजनिक गरेको विद्यार्थी सिकाई मूल्याकंन सर्वेको रिपोर्टमा संस्थागत विद्यालयमा अध्यनरत ४७ प्रतिशत विद्यार्थी ट्युसन पढने गरेको छ भने सामुदायिक विद्यालयका २७ प्रतिशत विद्यार्थीले ट्युसन पढने गरेको रिपोर्ट मा उल्लेख गरिएको छ।

जीतपुरसिमरा उपमहानगरपालिकाको २५ प्रतिशत दलित समुदायका विद्यार्थी संस्थागत विद्यालयमा पढन जाने गरेको छ भने ७५ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा पढने गरेको छ ।ब्राह्मण क्षेत्री सामुदायमो ८० प्रतिशत बालबालिका संस्थागत विद्यालयमा पढन जाने गरेको र २० प्रतिशत मात्र सामुदायिक विद्यालयमा पढने गरेको सिमरा कलेजले सार्वजनिक गरेको विद्यार्थी सिकाई मूल्याकंन सर्वेको रिपोर्टमा उल्लेख गरिएको छ। विद्यार्थी सिकाई मूल्याकंन सर्वेको रिपोर्टमा कुन विद्यालयको राम्रो रिपोर्ट रहेको त्यो जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो वेबसाईटमा अपलोड गरेर सार्वजनिक गर्ने छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाले गरेको विद्यार्थी सिकाई मूल्याकंन सर्वेको रिपोर्टको अहिले चौतर्फी रुपमा प्रशन्सा भईरहेको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुखमा निर्वाचित भए देखिनै नगरप्रमुख राजन पौडेलले शिक्षा क्षेत्रलाई माथी उकास्नमा लागि परेको छ ।उक्त विद्यार्थी सिकाई मूल्याकंन सर्वेको रिपोर्ट सार्वजनिक कार्यक्रममा मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी , जीतपुरसिमरा उपमहानगर प्रमुख राजन पौडेल ,उपप्रमुख भोला प्रसाद अधिकारी ,वडा न ४ का वडाध्यक्ष भोजबहादुर खत्री, वडा न १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने लगाएत जीतपुरसिमरा उपमहानगरका निजि विद्यालय र सामुदायिक विद्यालयका प्रधानध्यापकहरुको सहभागिता रहेको थियो ।

प्रतिवेदनले कक्षा ५ मा अध्ययनरत विद्यार्थीले अक्षर र अंक समेत नचिन्ने गरेको तथ्यांक सार्वजनिक गरेको छ । जसमा निजी भन्दा सामुदायिक विद्यालयका विद्यार्थीको संख्या बढी छ । सामुदायिक विद्यालयको कक्षा ५ मा अध्ययनरत ६.२० प्रतिशत विद्यार्थीले अंग्रेजी अक्षर र अंक चिन्दैनन् । यसमा निजी विद्यालयको प्रतिशत संख्या १.७८ छ ।

यस्तै सामुदायिक विद्यालयका ५.३० प्रतिशत विद्यार्थीले नेपाली अंक र अक्षर नचिन्दा निजी विद्यालयका ०.५३ प्रतिशत विद्यार्थीले नेपाली अंक र अक्षर नचिनेको देखिन्छ ।यसैगरी कक्षा ५ मा अध्ययनरतमध्ये कथा पढेर जवाफ दिन सक्ने र भाग (डिभिजन) सम्बन्धी समस्या समाधान गर्न सक्ने विद्यार्थीको संख्या ५० प्रतिशत भन्दा कम छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय