नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरामा प्रशासनिक भवनको शिलान्यास 

पछिल्लाे समाचार

३१ बैशाख ।अखिलेश कुमार यादव ।बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा प्रशासनिक भवनको शिलान्यास गरिएको छ । सोमबार एक कार्यक्रमका बिच सूर्य नेपाल प्राली सिमरा कारखाना प्रवन्धक सुरेश काजी श्रेष्ठले ५ कोठे प्रशासनिक भवनको शिलान्यास गर्नु भएको छ ।सूर्य नेपालको १ करोड १० लाखको सहयोगमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरामा ५ कोठे प्रशासनिक भवन निर्माण हुन लागेको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै सूर्य नेपालका सिमरा करखाना प्रबन्धक सुरेश काजी श्रेष्ठले  सूर्य नेपाल एउटा यस्तो संस्था हो जसले आफ्नो सुरुवातको दिनदेखी समाजमा केही राम्रा काम गर्नु पर्छ भवनाले अभिप्रेरित भएको संस्था रहेको बताउनुभयो ।राष्ट्र र समाज सूर्य नेपालको पहिलो प्राथमिकता रहेको र त्यसै अनुसार सूर्य नेपाल प्रालिले काम गर्दै आईरहेको बताउनु भयो ।त्यसतै उहाँले सूर्य नेपालले स्वास्थ्य क्षेत्रमा जीतपुरसिमरा उपमहानगरपालिका -७ जीतपुरमा बर्थिङ सेन्टर निर्मान गरेर हस्तान्तरण गरेको र अहिले सिमरा कलेजमा ४० लाखको लागतमा क्यान्टीन निर्माण तथा जीतपुरसिमरा नगर अस्पतालको लागि ५ वटा हेमोडायलेसिस मेसिन समेत खरिद  गरेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै सूर्य नेपालका प्रवन्धक श्रेष्ठ

सूर्य नेपाल प्रालिले पहिला देखि नै विद्यालयमा डिजिटल लाईब्रेरी देखि लिएर पथलैया बिरगंज ६ लेन सडक खन्डमा बृक्षारोपन लगाएतका कार्यक्रम गर्दै आईरहेको छ ।५ कोठे प्रशासनिक भवन शिलान्यास कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले सूर्य नेपालले जीतपुरसिमरा उपमहानगरपालिकामा गर्दै आईरहेको सहयोग सराहनिय रहेको बताउनुभयो ।उहाँले अगामी दिनमा समेत सूर्य नेपालले जीतपुरसिमरा उपमहानगरपालिकामा आवश्यक पर्ने भौतिक संरचना र स्वास्थ्य क्षेत्रको लागि आवश्यक पर्ने उपकरण सहयोग गर्ने उपमहानगरले सूर्य नेपाल प्राली संग आशा राखेको  बताउनुभयो ।

कार्यक्रममा बोल्दै उपमहानगर प्रमुख राजन पौडेल

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराका ब्यवस्थापन समितिका अध्यक्ष गईन्यलाल बस्नेतले विद्यालयमा निर्माण हुन लागेको प्रशासनिक भवनमा सूर्य नेपालले गरेको सहयोग सराहनिय रहेको बताउनुभयो  ।उक्त प्रशासनिक भवन शिलान्यास कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका -२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, सूर्य नेपालका स्टेट म्यानेजर यज्ञ बहादुर आले, विद्यालयका प्रधानध्यापक शंकर अचार्य लगाएत विद्यालय ब्यवस्थापन समितिका सदस्य र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी अतिथिहरु
spot_imgspot_img
spot_img

लोकप्रिय