बारामा सिकारीहरुको समूह द्वारा गोलि हानेर हरिणको सिकार

पछिल्लाे समाचार

३१ बैशाख, बारा : बारामा सिकारीहरुको समूहले गोलि हानेर हरिण मारेको घटना बाहिरिएको छ । जिल्लाको निजगढ नगरपालिकामा सिकारीहरूको समूहले वन कार्यालय नजिकैको जंगलमा आइतबार गोली हानेर हरिण मारेका छन्। जगलमा बन्दुक पड्केको आवाज सुनेपछि वन कर्मचारीहरू तत्काल घटनास्थलमा पुगेका थिए।

हरिण मारेर सिकारिहरुको समूह लैजादै गरेको बेला वनको गस्ती टोली पुग्दा १५–१६ जनाको समूहमा रहेको सिकारी टोली भने भागेको थियो।  करिब दुई वर्ष उमेर र सय किलो तौलको सो हरिणलाई सिकारीहरूको समूहले डिभिजन वन कार्यालयको दक्षिणतर्फ पूर्व–पश्चिम राजमार्गबाट करिब तीन मिटरभित्र जंगलमा दिउँसो ३ बजे गोली हानेर मारेको कार्यालयका रेन्जर निरज पोखरेलले बताए ।

हरिणको गर्धनको ६ स्थानमा गोलीको छर्रा लागेको पाइएको रेन्जर पोखरेलले जानकारी दिए।पछिल्लो क्रममा बारामा सिकारिहरुको समूह सक्रिय बन्दै गएको छ।बेला बेलामा सिकारिहरुको समूहले बन्यजन्तु माथी आक्रमण गर्दै आईरहेको छ । फरार सिकारीहरूको हुलियाको आधारमा उनीहरूलाई पहिचान गर्न र घटनाको थप अनुसन्धान गर्न टोली खटाइसकेको डिभिजन वन कार्यालय बाराले जनाएको छ। सिकारी भागेपछि मृत अवस्थामा बरामद भएको हरिणलाई निजगढ सबडिभिजन वन कार्यालय परिसरमा ल्याएर स्थानीय जनप्रतिनिधिको रोहवरमा गाडिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय