क्षयरोग मुक्त घोषणा अभियानका लागि वडा स्थित सरोकारवालाहरु संग छ्लफल

पछिल्लाे समाचार

अखिलेश कुमार यादव। ०२ असार ।बारा : बाराको निजगढ नगरपालिका-५ को आयोजनामा  क्षयरोग मुक्त नेपाल घोषणा अभियान अन्तर्गत वडा स्थित सरोकारवालाहरु संग छ्लफल तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । निजगढ नगरपालिका वडा न -५ ले बारा जिल्लामै पहिलो पटक वडा स्थित सरोकारवालाहरु संग क्षयरोग सम्बन्धि छ्लफल तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।  निजगढ नगरपालिका-५ का वडाध्यक्ष सुर्य बहादुर थापा मगरमो  अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधिहरु तथा वडाबासिहरुको उपस्थिति रहेको थियो।

अभिमुखिकरण कार्यक्रमलाई निजगढ नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मनिशवर घिमिरे र निजगढ नगरपालिकाको क्षयरोग मुक्त नगरपालिका घोषणा कार्यक्रमका संयोजक सृजना तिवारीले सहजीकरण गरेका थिए । नेपाल सरकारले सन् २०३० सम्ममा क्षयरोग उन्मूलन गर्ने र सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल बनाउने लक्ष्य राखेको छ । तर सरकारको क्षयरोगमुक्त नेपाल घोषणा गर्ने लक्ष्य कार्यान्वयनमा नै चुनौति देखिएको छ ।

नेपालमा क्षयरोग जनस्वास्थ्य को प्रमुख समस्याका रूपमा देखा परेकाले पनि यो अभियान कार्यान्वयनमा चुनौती देखिएको निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताए । महिलाभन्दा पुरुष बढी क्षयरोगको जोखिममा रहेको देखिन्छ । सरकारले क्षयरोगमुक्त नेपाल घोषणा अभियान सञ्चालन निर्देशीका २०७८ जारी गरेपनि बर्सेनि क्षयरोगका बिरामी थपिने गरेका क्षयरोग फोकल पर्सन सृजना तिवारीले बताईन ।

क्षयरोगका बिरामीहरूले लामो अवधिसम्म उपचार केन्द्रमा आई दैनिक औषधि सेवन गर्नुपर्ने हुन्छ, तर यसलाई झन्झट मानेर धेरै बिरामी नियमित रूपमा औषधि सेवन गर्दैनन् । अर्कातिर, सिकिस्त बिरामी नपरी स्वास्थ्य परीक्षण नगराउने र रोग लुकाएर राख्ने जस्ता कारणले क्षयरोगीको संख्या घट्न सकेको छैन । एकजना संक्रमित बिरामीबाट २० जनासम्ममा क्षयरोग सर्न सक्ने सम्भावना हुने भएकोले क्षयरोग जस्ता रोग लागेमा तुरुन्तै नजिकको स्वास्थ्य चौकिमा उपचार गराउन तिवारीले आग्रह गरिन । क्षयरोगसँग मिल्दोजुल्दो लक्षण देखिनेबित्तिकै परीक्षण गराइहाल्नुपर्नेमा त्यसो नगर्दा क्षयरोग फैलिने गरेको उनले बताईन । 

निजगढ नगरपालिकामा आर्थिक बर्ष २०८०/०८१ मा ११० जनामा क्षयरोग देखा परेको र जस मध्य ४ जना वडा न ५ को रहेको कार्यक्रममा जानकारी गराईएको थियो।क्षयरोग सम्बन्धि वडा स्थित सरोकारवालाहरु संगको छ्लफल तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै निजगढ नगरपालिका ५ का वडाध्यक्ष सुर्य बहादुर थापा मगर निजगढ नगरपालिकाले बारा जिल्लामै सबैभन्दा पहिला यस्तो कार्यक्रम आयोजना गरेको बताए।निजगढ नगरपालिका-५ को कुनै पनि बासिन्दामा क्षयरोग सम्बन्धि लक्षण देखा परेमा तुरुन्तै नजिकको स्वास्थ्य चौकिमा सम्पर्क गर्न वडाबासी संग आग्रह गरे।

क्षयरोग एउटा सरुवा रोग भएकोले यसले एक ब्यक्ति बाट अर्को ब्यक्तिमा सजिलै संग सर्ने भएकोले सबैले समयमै यस्तो रोगलाई रोक्नको लागि हातेमालो गरेर वडालाई मधेश प्रदेशमै सबैभन्दा पहिला क्षयरोग मुक्त वडा घोषणा गराउनुमा लाग्नु पर्नेमा जोड दिए।उक्त छ्लफल तथा अभिमुखिकरण कार्यक्रममा निजग्ढ नगरपालिका ५ का वडा सदस्य आशा चौलागाईं ,सबिता दर्जी कुन्जमणी सापकोटा ,लिलानाथ गौतम लगाएत वडा बासिहरुको उपस्तिथि रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय