बारामा गोलि हानेर एक जना क्याम्पस प्रमुखको हत्या,सुरक्षामा कडाई

पछिल्लाे समाचार

अखिलेश कुमार यादव ।३२ जेठ।बारा : बारा जिल्लामा शुक्रवार गोलि हानेर एक जना क्याम्पस प्रमुखको हत्या गरिएको छ ।जिल्लाको आदर्श कोतवाल गाउँपालिका वडा न  ३ बातरामा अज्ञात समूहको गोलि प्रहार बाट उपचारको क्रममा एक जना क्याम्पस प्रमुख मृत्यु भएको छ।

शुक्रबार बेलुका ५ बजे  अज्ञात समूहको गोली प्रहारबाट रामराजा बहुमुखी क्याम्पस कलैयाका क्याम्पस प्रमुख आदर्श कोतवाल वडा नम्बर २ खजुरिया टोल बस्ने हरीभूषण कुशवाहाको मृत्यु भएको हो ।गोली लागेर गम्भीर घाईते भएको कुशवाहालाई बयोधा अस्पताल बीरगंजमा उपचारको लागि लगिएको थियो।उपचारको क्रममा कुशवाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। 

गत बर्ष कार्तिक १३ गते बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रधानध्यापक रुपेश स्वर्णकारको भारतिय सार्प सूटरहरुले  प्रहार गरी हत्या गरेको थियो ।बारामा गोलि प्रहार गरि हत्या गर्ने घटना बढ्दो क्रममा रहेको छ।बारा जिल्ला भारतको खुल्ला सिमानाका संग नजदिक भएको हुनाले भारत बाट सूटरहरुले गोलि हानेर हत्या गरेर फरार हुने गरेको छ ।

अहिले बारा प्रहरीले सुरक्षामा कडाई गरेर गोलि हानेर फरार भएका ब्यक्तिलाई खोजतलास गरिरहेको छ ।कुशवाहालाई कसले गोलि प्रहार गर्यो र किन गोलि प्रहार गरियो भन्ने बिषयमा अहिले अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय