गरुडा नगरपालिकाको प्रशासनिक भवनको शिलान्याश

पछिल्लाे समाचार

३२ जेठ। रौतहट : रौतहटको गरुडा नगरपालिकाले आफ्नो प्रशासनिक भवन निर्माणको लागि शिलान्याश गरेको छ।शुक्रबार गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि प्रसाद कलवारले भवन सिलान्यास गरेका हुन् । गरुडा नगरपालिकाको साझदारीमा ३ करोड ३३ लाखको लागतमा निर्माण हुने भवन निर्माण सम्पन्न भए पछि नगरपालिकाको काम कारवाहीमा सहजता हुने नगरपालिकाले जनाएको छ।

भवन सिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गरुडा नगरपालिका नगर प्रमुख कन्थमणि प्रसाद कलवारले भवन तोकिएको समयमा गुणस्तीय बन्ने बिश्वास व्यक्त गरेको बताए । उनले भने ‘स्टामेट अनुसार एक वर्षमा भवन तयार हुनेछ। नयाँ प्रशासनिक भवन शिलान्यास कार्यक्रममा गरुडा नगरपालिकाकि उपप्रमुख पुनम देवी चौधरी लगाएत वडाध्यक्षहरुको सहभागीता रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय