सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र डुमरवानामा २४ घण्टे सुरक्षित प्रसुति सेवा सुरु 

पछिल्लाे समाचार

अखिलेश कुमार यादव।१६ असाढ।बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-१५ डुमरवानामा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा २४ घण्टे सुरक्षित प्रसुती सेवा सुरु भएको छ ।आईतबार एक कार्यक्रमको बीच जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले उद्घाटन गरे संगै २४ घण्टे सुरक्षित प्रसुती सेवा सुरु भएको छ ।

सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र डुमरवानामा २४ घण्टे सुरक्षित प्रसुती सेवाको उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख अधिकारीले घरमा प्रसुति शुुन्य गराई गर्भवती आमा र शिशु मृत्युदर न्यून २४ घण्टे प्रसुति सेवा सञ्चालन गरिएको बताए।स्वास्थ्य सेवा लिन पाउनु सवै नगारिकको संविधान प्रदत्त अधिकार भएकाले स्वास्थ्य सेवा जनताको घरदैलोमा पुराउनका लागि उपमहानगरपालिकाले प्रयास गरीरहेको बताए । उनले सवै वडाहरुमा निशुल्क बर्थिङ सेन्टरको स्थापना गरिने समेत बताए ।

उद्घाटन कार्यक्रममै बोल्दै जीतपुरसिमरा उपमहानगरपालिका १५ का वडाध्यक्ष रामप्रसाद लामिछानेले सुरक्षित प्रसुतिको अभावमा थुप्रै आमा र बच्चाको ज्यान गइरहेकोले सवै आमाले सुरक्षित प्रसुति सेवा लिन आग्रह गरे । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा २४ घण्टे सुरक्षित प्रसुती सेवा सुरु भए पछि स्थानियहरु खुशी भएको छ ।पहिला देखि १० बजे देखि ५ बजे सम्म सेवा दिदै आएको स्वास्थ्य प्रवर्द्धन केन्द्रले अब देखि सुरक्षित प्रसुतीको लागि २४ घन्टे सेवा प्रदान गर्ने जनस्वास्थ्य प्रवर्द्धन शाखाले जनाएको छ ।हरेक बुधबार गर्भवती महिलाहरुको नि:शुल्क रुपमा भिडियो एक्सरे गरिने छ।उक्त उद्घाटन कार्यक्रममा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र डुमरवानाका स्वास्थ्यकर्मी र स्थानियहरुको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय