रौतहटमा बस पल्टिँदा एक जना महिलाको मृत्यु

पछिल्लाे समाचार

१५ असाढ।बारा ।रौतहटमा  शनिवार बस पल्टिँदा एक जना महिलाको मृत्यु भएको छ । गौरबाट चन्द्रपुर तर्फ जाँदै गरेको  ना ७ ख ८४१४ नम्बरको सार्वजनिक यात्रुबाहक बस जयनगर चोकमा अनियन्त्रित भई पल्टिएको हो । बस पल्टिएर माधव नारायण नगरपालिका ३ भेलही गाउँकी १८ वर्षीया नेहा गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा महिला तथा बालबालिकाको संख्या बढी रहेको छ ।  दुर्घटनामा घाईते हुनेमा परोहा नपा ३ तेजापाकडका देवंश कुमार दास, गौर नपा १ की रंजुदेवी दास, गौर नपा ४ का राकेश चन्द्रवंशी रहेका छन् । यसै गरी वर्ष ५ की शिवानी कुमारी, वर्ष ३ की सोहानी तथा वर्ष १ की मधुकुमारी पनि सामान्य घाइते भएका छन् । यसै गरी भारत बिहारको मधुवनी बासोपटीका ४७ वर्षीय अविनाश झा पनि घाइते भएका छन् ।

झाकी पत्नी ३५ वर्षीया निकी झा, छोरी २ वर्षीया निकी झा तथा वर्ष ६५ की सुधिना झा पनि घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएसपि एलिजा गिरीले जानकारी गराएकी छन् ।  दुर्घटना भएको बसमा १५ देखि २० जना सबार रहेका थिए । दुर्घटना भएको बसका चालक फरार भएका छन् । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

spot_imgspot_img
spot_img

लोकप्रिय