रुपन्देहीमा एसईई उत्तीर्ण हुन नसकेका दुई छात्राले गरे आत्महत्या

पछिल्लाे समाचार

१५ असाढ, रुपन्देही । रुपन्देहीमा एसईई उत्तीर्ण हुन नसकेका दुई छात्राले आत्महत्या गरेका छन् ।रुपन्देहीको देवदह नगरपालिका वडा नं २ ढेकारस्थित एशियन लाइट बोर्डिङ स्कुुलबाट एसईई दिएर नतिजा राम्रो नआएका दुवै जनाले झुण्डिएर आत्महत्या गरेका हुन् ।

शुक्रबार दिउँसो देवदह नगरपालिका वडा नं २ की १५ वर्षीय सृष्टि गुप्ता र देवदह १ लक्ष्मीटोल वस्ने १७ वर्षीय पूजा न्यौपानेले झुण्डिएर आत्महत्या गरेको र प्राम्भिक कारण दुवै जना एसईई अनुनिर्णनै देखिएको देवदह प्रहरी कार्यालयका प्रहरी निरीक्षक एक्कबहादुर नेपालीले नेपाल प्रेसलाई बताए ।गम्भीर अवस्थामा भेटिएका दुवैको देवदहस्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको र घटनाको विषयमा गप अनुसन्धान भइरहेको नेपालीले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय