प्रथम केयर भिजन स्पेलिङ बी प्रतियोगितामा जीतपुर पब्लिक स्कुल प्रथम

पछिल्लाे समाचार

अखिलेश कुमार यादव।१२ श्रावन । प्रथम केयर भिजन  स्पेलिङ बी प्रतियोगिता सम्पन्न भएको छ ।शनिवार बकुलिया क्याम्पसको सभाहलमा स्पेलिङ बी प्रतियोगिता सम्पन्न  भएको हो । स्पेलिङ बी प्रतियोगितामा जीतपुर पब्लिक स्कुल प्रथम भएको हो ।केयर भिजन बोर्डिङ स्कुलले आयोजना गरेको स्पेलिङ बी प्रतियोगितामा जीतपुर पब्लिक स्कुलका आयुस झा र सौरभ पटेल प्रथम स्थान हासिल गरेका हुन ।

११ विद्यालय सहभागी प्रतियोगितामा १० विद्यालयका प्रतियोगीलाई पछि पारेर जीतपुर पब्लिक स्कुलले प्रथम स्थान हासिल गरेको केयर भिजन बोर्डिङ स्कुलका प्रधानाध्यापक प्रधुमन चौधरीले बताउनुभयो । प्रतियोगितामा सैन्ट पिटर्स एकेडेमी दोस्रो, अम्ब्रेला एकेडेमी तेस्रो र होलिराज ईंग्लिश बोर्डिङ स्कुल सान्तोना भएका छन् । प्रतियोगितामा जित हासिल गर्नेले प्रमाणपत्र प्राप्त गरेका छन् ।

केयर भिजन ईंग्लिश बोर्डिङ स्कुलको प्रधानध्यापक प्रधुमन चौधरीको अध्यक्षता तथा मधेश प्रदेशका प्रदेश सभा सदस्य  देवनारायण चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । त्यस अवसरमा प्रमुख अतिथि चौधरीले प्रतियोगिताले विद्यार्थीको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । यस्तै जीतपुरसिमरा उपमहानगरपालिका-७ का वडाध्यक्ष सुनिल कुमार गुप्ताले विद्यार्थीलाई किताबी ज्ञानसंगै बाहिरी ज्ञानको विकास गराउनुपर्ने बताउनुभयो । एउटा स्कुलबाट २ जना गरि प्रतियोगिता आधारभूत तहका २२ विद्यार्थीहरू सहभागी भएका थिए ।प्रतियोगितामा अंग्रेजी विषयको शब्द र वाक्यलाई मिलाउन , वाक्यलाई शब्दमा परिवर्तन गर्ने जस्ता प्रश्नहरू दिईएको थियो । 

प्रश्नको सहि जवाफको आधारमा विजेता निर्धारण गरिएको प्रतियोगिताका निर्णायक मण्डलहरूले बताए । उक्त स्पेलिङ बी प्रतियोगितामा जीतपुरसिमरा उपमहानगरपालिका-५ का वडाध्यक्ष दिपेन्द्र चौधरी,एन प्याब्सनका केन्द्रिय सदस्य रामप्रसाद अधिकारी ,जिल्ला कोषाध्यक्ष मदन रिजाल,नेपाल राष्ट्रिय नमुना माबी बकुलियाका प्रअ धनन्जय गौतम लगाएत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय