जीतपुर गढीमाईमा दशैं मेलाको तयारी तीव्र

पछिल्लाे समाचार

०३ असोज। सिमरा ः बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरामा रहेको जीतपुर गढीमाई मन्दिरमा दशैं मेलाको तयारी तीव्र पारिएको छ ।
हरेक बर्ष घटस्थापनाका दिनदेखी महानवमीसम्म धुमधामका साथ लाग्ने गरेको दशैं मेलालाई व्यवस्थित बनाउन यसबर्षपनि विभिन्न समितिहरु ग्ठन गरी तयारी अघि बढाईएको गढीमाई मेला व्यवस्थापन समितिले जनाएको छ ।
समितिका अध्यक्ष रोशन चौधरीको नेतृत्वमा दशैं मेलाको तयारी शुरु भएको छ । समितिका कोषाध्यक्ष कृष्ण चौधरीका अनुसार असोज १७ गते घटस्थापनाका दिनबाट शुरु हुने मेलामा असोज २४ गते खिर भोेजन गराउने र २५ गते महानवमीका दिन बली पुजाको आयोजना गरिनेछ ।
मेलालाई व्यवस्थित रुपमा सम्पन्न पार्नका लागि आवस्यक सहयोग गरिदिन समितिले स्थानीयबासी एवं सरोकारवाला निकायसंग अनुरोध समेत गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय