०३ पुष । बारा । नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति बाराको तेश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । कलैयामा बुधबार भएको अधिवेशनमा वक्ताहरुले बीउ बिजन देशको अर्थतन्त्रसँग जोडिएको विषय भएको बताउँदै नेपाल आफै बीउ बिजनमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका थिए ।

नेपाल बीउ व्यवसायी संघ बाराको तेश्रो अधिवेशनमा बोल्दै प्रमुख अतिथी नेपाल बीउ व्यसायी संघका केन्द्रिय उपाध्यक्ष छोटेलाल प्रसादले पछिल्लो समय नेपालमा बीउ बिजन उत्पादन गर्ने क्रम बढेको बताउँदै अझै आत्मनिर्भर नबनेको र आयात गर्दा विविध समस्या झेल्नुपर्ने अवस्था रहेको बताए । उनले स्थानीय तहमा कृषिसम्बन्धी प्रविधिकको अभावमा बीउबिजन र विषादी व्यवसायीहरुले कृषकको समस्या समाधानमा सहजीकरण गर्दै आएको बताए ।

संघका जिल्ला अध्यक्ष बिधानन्द झाको अध्यक्षतामा भएको कार्यक्रममा बारा जिल्ला भरिका बीउ व्यवसायीहरुको उपस्थिति रहेको थियो ।संघको तेश्रो जिल्ला अधिवेशनले पुनः बिधानन्द झाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा राम आशिष साह , सचिव रबिन्द्र राज भण्डारी सहसचिव नवलकिशोर साह, कोषाध्यक्षमा राजु साह निर्वाचित भएका छन् ।नव निर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रम समेत बुधवार नै सम्पन्न भएको छ ।