विश्रामपुरमा सशस्त्र प्रहरीद्वारा स्वास्थ्य शिविर, २५१ जनाले लिए सेवा

पछिल्लाे समाचार

जेठ ०९ बारा । सशस्त्र प्रहरी बल, नेपालको “सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३ मुसहर्वास्थित बर्थिङ सेन्टरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ। सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित उक्त शिविर सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराको आयोजनामा सञ्चालन गरिएको हो। कार्यक्रममा स्पर्श मल्टिस्पेशलिटी हस्पिटल प्रा.लि. वीरगञ्ज, पर्सा तथा विश्रामपुर गाउँपालिका, बाराको सहकार्य रहेको थियो।


कार्यक्रममा विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फाक अलि भुटो प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। त्यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, स्थानीय जनप्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख अलि अखबर हुसेन, स्पर्श मल्टिस्पेशलिटी हस्पिटलका डा. महेश्वर प्रसाद, भद्रभलाद्मी तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।


शिविरमा डा. महेश्वर प्रसाद, डा. अक्लाखुर रहमान, डा. रुपेन्द्र मिश्रासहित स्वास्थ्यकर्मी सन्तोष कुमार र अशोक राजको टोलीले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेको थियो।
आयोजकका अनुसार शिविरमा १४६ जना महिला र १०५ जना पुरुष गरी कुल २५१ जनाले नि:शुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन्। कार्यक्रमले सीमावर्ती क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउनुका साथै सशस्त्र प्रहरी बल र स्थानीय समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगेको आयोजकले जनाएको छ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय