लागूऔषध नियन्त्रणमा सशस्त्र प्रहरी सक्रिय, बारा जिल्लाभर जनचेतना कार्यक्रम सञ्चालन

पछिल्लाे समाचार

जेठ ०३ ,बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा., बाराले लागूऔषध नियन्त्रण तथा दुर्व्यसन न्यूनीकरणका लागि जिल्लाभर विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।
गण अन्तर्गत रहेका विभिन्न सीमा सुरक्षा गुल्म तथा बोर्डर आउट पोष्ट (वि.ओ.पी.) हरूद्वारा विद्यालय र समुदाय लक्षित कक्षा तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ। प्राप्त विवरणअनुसार २०८३ साल वैशाख २४ गते सीमा सुरक्षा गुल्म हे.क्वा. पिपरपातीले श्री ने.रा. मा.वि. खजानीमा ४० जना सहभागीलाई लागूऔषध नियन्त्रण सम्बन्धी कक्षा सञ्चालन गरेको थियो। सोही दिन सीमा सुरक्षा गुल्म हे.क्वा. मटिअर्वाले श्री दुर्गा मा.वि. बरेबामा ६० जना सहभागीलाई प्रशिक्षण दिएको थियो।


त्यस्तै वैशाख २५ गते वि.ओ.पी. कब्हिगोठले श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कब्हिगोठ जगतमा १०७ जना, वि.ओ.पी. बेनौलीले श्री ने.रा. मा.वि. बेनौलीमा ३५ जना, वि.ओ.पी. बरेनियाले श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय छत्तवामा ७० जना तथा वि.ओ.पी. गोलांगजले श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बसविरियामा ५० जना विद्यार्थीलाई लागूऔषध सम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन गरेका थिए। यस्तै, वैशाख २९ गते वि.ओ.पी. बेल्दारीले श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बेल्दारीमा ६० जना सहभागीलाई लक्षित गर्दै सचेतनामूलक कक्षा सञ्चालन गरेको जनाएको छ।


यसैबीच जेठ २ गते वि.ओ.पी. मटिअर्वाले मटिअर्वा क्षेत्रमा लागूऔषध दुर्व्यसन विरुद्ध माइकिङसहित जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रमहरूमा लागूऔषधको दुरुपयोग, त्यसबाट हुने सामाजिक तथा स्वास्थ्यसम्बन्धी असर तथा नियन्त्रणका उपायबारे स्थानीय समुदाय र विद्यार्थीलाई जानकारी गराइएको थियो। साथै सार्वजनिक स्थानमा माइकिङमार्फत व्यापक सचेतना फैलाउने कार्यसमेत गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नं. १२ गण हे.क्वा., बाराका अनुसार समुदायमा लागूऔषध दुर्व्यसनका असर, जोखिम तथा रोकथामका उपायबारे जनचेतना अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय