बारामा सशस्त्र प्रहरी द्वारा करिब ३ लाख बराबरका अवैध सामान बरामद

पछिल्लाे समाचार

बारामा सशस्त्र प्रहरीले करिब ३ लाख बराबरका अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराअन्तर्गत सीमा सुरक्षा गुल्म मटिअर्वा तथा बिओपी बेनौलीबाट खटिएको टोलीले नियमित गस्ती तथा चेकजाँचका क्रममा उक्त सामान बरामद गरेको हो । सशस्त्र प्रहरीका अनुसार भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरिएको करिब ३ लाख रुपैयाँ बराबर मूल्यका स्टिलका जग १९२ थान, किराना लगायतका विभिन्न सामान तथा ओसारपसारमा प्रयोग गरिएको मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।


बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सीमाक्षेत्रमा हुने चोरीपैठारी तथा अवैध कारोबार नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले निगरानी, पैदल गस्ती तथा चेकजाँचलाई निरन्तरता दिएको जनाएको छ । सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन आफूहरू सक्रिय र प्रतिबद्ध रहेको सशस्त्र प्रहरीको भनाइ छ ।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय