सूर्य नेपालको सहयोगमा वडा नं. ९ हेल्थ पोस्टमा पुनः अल्ट्रासाउन्ड सेवा सञ्चालन हुने

पछिल्लाे समाचार

बारा, जेठ ११ । सामाजिक उत्तरदायित्व अन्तर्गत सूर्य नेपाल प्रा. लि. सिमराले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ९ मार्फत वडा स्थित हेल्थ पोस्टलाई करिब ९ लाख ५० हजार रुपैयाँ बराबरको पोर्टेबल अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण गरेको छ।
यस सहयोगसँगै केही समयदेखि अवरुद्ध रहेको निशुल्क अल्ट्रासाउन्ड सेवा पुनः सञ्चालन हुने भएको छ। हेल्थ पोस्टमा विशेषगरी गर्भवती महिलाहरूलाई लक्षित गरी निशुल्क अल्ट्रासाउन्ड सेवा सञ्चालन हुँदै आएको भए पनि मेसिन अभावका कारण सेवा रोकिएको थियो।


मेसिन हस्तान्तरण कार्यक्रममा सूर्य नेपालको तर्फबाट यज्ञबहादुर आलेले वडा नं. ९ का वडाध्यक्ष मोतिलाल यादवलाई उक्त उपकरण हस्तान्तरण गरेका थिए। कार्यक्रममा बोल्दै वडाध्यक्ष मोतिलाल यादवले सूर्य नेपालको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्तो सहयोगले स्थानीय नागरिक, विशेषगरी गर्भवती महिलाहरूलाई ठूलो राहत पुग्ने बताए। उनले भने, “हेल्थ पोस्टमा अल्ट्रासाउन्ड सेवा बन्द हुँदा धेरै सेवाग्राही बाहिर जान बाध्य भएका थिए। अब पुनः आफ्नै वडामा सहज रूपमा सेवा पाउने अवस्था बनेको छ। निजी क्षेत्रबाट गरिएको यस्तो सहयोग वास्तवमै प्रशंसनीय छ।”


वडाध्यक्ष यादवले स्वास्थ्य क्षेत्रको सुधारका लागि वडा कार्यालय निरन्तर सक्रिय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि विभिन्न निकायसँग सहकार्य गर्दै नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। स्थानीयवासीहरूले पनि सूर्य नेपालको सहयोगलाई स्वागत गर्दै यसले स्वास्थ्य सेवामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय