अक्षरा पाठशालाको आठौँ बार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न

पछिल्लाे समाचार

२८ माघ ।सिमरा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न १ मा रहेको अक्षरा पाठशालाकोआठौँ बार्षिकोत्सव एवं अभिभावक दिवस बिभिन्न कार्यक्रम गरि सोमबार सम्पन्न भएको छ ।आफ्नै विद्यालयको प्राङ्गनमा आयोजना गरेको बार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथिमा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारी बिशिस्ट अतिथिमा एन प्याब्सनको केन्द्रिय सदस्य राम प्रसाद अधिकारि रहनु भएको थियो ।
अक्षरा पाठशाला स्कूलको आठौँ बार्षिकोत्सव कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले देशको शैक्षिक विकासमा संस्थागत विद्यालयको पनि सामुदायिक विद्यालयसरह योगदान रहेको चर्चा गर्नुभयो ।

उपप्रमुख अधिकारीले अक्षरा पाठशालाले आउदो दिनमा पनि बार्षिकोत्सव मनाई रहोस भनेर शुभकामना व्यक्त गर्नु भयो । विद्यालयका प्रधानाध्यापक नरेन्द्र तामङ्गले विद्यालयको स्थापनादेखि हालसम्मको संक्षिप्त प्रगति विवरणका साथै विद्यालयको आगामी योजनाहरूका बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रेम बस्नेतले यस विद्यालयलाई गणुस्तरीय शिक्षाको केन्द्रको रुपमा स्थापित गर्न विभिन्न शैक्षिक अन्तरक्रियात्मक कार्यक्रमहरु सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उहाँले यस क्षेत्रका आम विद्याथी र अभिभावकको आकर्षणको शैक्षिक संस्थाका रुपमा उभ्याउने विचार व्यक्त गर्नुभयो ।जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारी ,एन प्याब्सनको केन्द्रिय सदस्य रामप्रसाद लामिछाने,सिमरा कलेजका प्रमुख शालिकराम अधिकारि लगाएतको व्यक्तिलाई अक्षरा पाठशाला सिमराले आफ्नो आठौँ बार्षिकोत्सव एवं अभिभावक दिवशमा मायाको चिनो प्रदान गरेको छ ।प्रेम बस्नेतको सभापतित्वमा सुरु भएको कार्यक्रममा अक्षरा पाठशालाको विद्यार्थीहरुले बिभिन्न बिषयमा केन्द्रित भएर नाटक प्रदर्शन गरेको थियो भने त्यस्तै बिद्यार्थीहरुले नृत्य प्रदर्सन समेत गरेको थियो ।उक्त कार्यक्रममा विद्यालयको शिक्षक शिक्षिका,अभिभावक,जनप्रतिनिधि लगाएत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय