०५ फाल्गुन,कलैया ः बाराको करैयामाई गाउँपालिका शिक्षा शाखाको आयोजनामा शिक्षक मेन्टरिङ कार्यक्रम कार्यान्वयनका लागि अभिमुखीकरण र कार्योजना निर्माण सम्बन्धि सुरुवाती बैठक सम्पन्न भएको छ । गाउँपालिकाको सभा हल आइतबार सो बैठक सम्पन्न भएको छ।करैयामैई गाउँपालिका
अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि उपाध्यक्ष सुनैना कुमारी चौधरी ,निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र महतो,पलिका अन्तरगत रहेकोे विद्यालयको प्रधानाध्यापकहरुको उपस्थिति रहेकोे थियो ।
पहिला देखि शिक्षा अधिकृत नरहेको कारण पालिकाले शिक्षा सम्बन्धि कार्यक्रमहरु गर्न सकेको थिएन।शिक्षा अधिकृत आएपछि अब शिक्षा सम्बन्धि कार्यक्रमहरु नियमित सन्चालन हुने नि.प्रमुख प्रशासकीय अधिकृत महतोले बताए।कार्यक्रम संचालन भएपछि नव प्रवेशी शिक्षकहरूको लागि प्रभावकारी हुने साथै पालिकाको शिक्षा अवस्थामा थप सुधार हुँदै जाने अधिकृत महतोले बताए
। शिक्षाको सुधार भएपछि पालिलाको विकासमा ठूलो सहयोग पुग्ने करैयामाई गाउँपालिकाकी उपाध्यक्ष सुनैना चौधरीले बताइन् ।पालिकाको सम्पूर्ण विकासको लागि शिक्षामा विकास हुन अति नै जरुरी छ।शिक्षाको विकास भएपछि विकास निर्माणको कार्य ,स्वास्थ्य ,कृषि लगायतका क्षेत्रमा प्रभावकारी हुने गाउँपालिका अध्यक्ष शम्भु यादवले बताए । प्रशिक्षण शिक्षा अधिकृत विद्या नन्द प्रसाद यादवले दिएका थिए ।प्रशिक्षणको क्रममा अधिकृत यादवले शिक्षा सुधारमा स्थानीय सरकार ,प्रदेश सरकार तथा केन्द्र सरकारको अवधारणा बारे जानकारी गराएका थिए ।कार्यक्रमको सहजीकरण उमेश प्रसाद यादवले गरेको थियो ।