बारा प्रहरीद्वारा एकै दिनमा ६ जना फरार प्रतिवादी पक्राउ

पछिल्लाे समाचार

०५फाल्गुन,कलैया ः बारा प्रहरीले आइतबार एकै दिनमा ६ जना फरारको सूचीमा रहेका प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत बाराको फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना सजाय भई फरार रहेका ६ जना प्रतिवादीलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा नागरिकता समबन्धी मुद्दाको फरार प्रतिवादीहरु कोहवी नगरपालिका ५ का शिव गोबिन्द महाराजी,कोल्वही नगरपालिका ५ उदय नारायण सिंह चनौ,कोल्हवी नगरपालिका ५ कै सत्यनारायण यादव,कोल्हवी नपा ५ का रामचन्द्र महतो र अच्छेलाल राउत रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

त्यसैगरी चेक अनादर मुद्दाका फरार प्रतिवादी कलैया उपमहानगरपालिका १ का सुरेन्द्र लाल श्रेष्ठलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए । पक्राउ परेका ६ जनालाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत बारामा उपस्थित गराई प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय