१३ फाल्गुन, काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।मंगलबार यससँगै छापावाल सुनको मूल्य तोलामा सुन १ लाख ७१ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको १५ रुपैयाँले घटेको छ । सोमबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १९ सय ७० रुपैयाँ कायम भएको छ ।