२५,चैत्र बारा: जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ मा श्रीराम जन्मोत्सव “रामनवमी” को अवसरमा आयोजित भव्य शोभायात्रा ऐतिहासिक एवं सफल रूपमा सम्पन्न भएको छ। शोभायात्रालाई भव्य एवं सभ्य बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण नगरवासी, समाजसेवी, युवा समूह, सुरक्षाकर्मी, स्वयंसेवक, सञ्चारकर्मी तथा समर्पित मनहरूप्रति जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष सुनिल गुप्ताले हृदयदेखि धन्यवाद व्यक्त गरेका छन्।

वडाध्यक्ष गुप्ताले भने, “श्रीरामको आदर्श र शिक्षालाई आत्मसात गर्दै नगरवासीबीच आपसी सद्भाव, एकता र धार्मिक श्रद्धा अझ प्रगाढ बनोस् भन्ने हाम्रो कामना छ। जनस्तरबाट यति भव्य कार्यक्रम सफल हुनु सबैको एकतापूर्ण प्रयास, आस्था र प्रेमको प्रतीक हो।” शोभायात्रालाई सफल बनाउन सबै पक्षले देखाएको सहकार्य, सद्भाव र सहभागिताले सामाजिक एकता र धार्मिक संस्कृतिलाई अझ मजबुत बनाएको वडाध्यक्ष गुप्ताले बताए। उनले पुनः एकपटक सबैमा आभार प्रकट गर्दै आगामी दिनहरूमा पनि यस्तै सद्भाव र सहकार्य निरन्तर रहिरहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
