नेपालको कानुनमाथि ठाडो खेलवाड : भारतीय नागरिकले ससुरा लाई बुवा बनाएर पायो वंशज नागरिकता”

पछिल्लाे समाचार

wada 19

wada 19

wada 15

wada 14

ad

अखिलेश यादव ।२५ चैत्र ,कलैया : बाराको पचरौता नगरपालिका–५ मा भारतीय नागरिकले चलाखीपूर्ण शैलीमा नेपाली नागरिकता लिएको सनसनीपूर्ण घटना बाहिर आएको छ। भारतको मोतिहारी जिल्ला जितना थाना अन्तर्गत बडैला गाउँ निवासी रामकैलाश प्रसाद यादवले आफ्नै ससुरालाई बुवा देखाएर नेपाली नागरिकता बनाएको रहस्य खुलेपछि स्थानीय स्तरमा हलचल मच्चिएको छ। यादवले सन् २००७ (२०६३ फागुन २६) मा नागरिकता टोलीलाई झुक्याउँदै वंशज नागरिकता बनाएका थिए। नागरिकता वितरण टोली प्रमुख जटेश्वर सिंहको दस्तखतमा उनी ३३०४९/५०८३ नम्बरको नागरिकता लिन सफल भए।

तर, वास्तविकता के थियो भने यादव भारतका बासिन्दा हुन्। भारतमा उनको जातीय प्रमाणपत्र, मतदाता परिचयपत्र र आधार कार्ड समेत रहेको खुलेको छ। नागरिकता ऐन अनुसार दुई देशको नागरिकता लिन नपाइने स्पष्ट प्रावधान हुँदाहुँदै उनी भारत र नेपाल दुवै देशको परिचयपत्र सहित घुमिरहेकामा स्थानीय आक्रोशित छन्। यस घटनापछि पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंह (जैशवार) ले समेत सामाजिक सञ्जालमार्फत कडा आपत्ति जनाएका छन्। उनले लेखेका छन् “पचरौता नगरपालिकामा भारतिय नागरिकले ससुरा लाई बुवा बनाई नेपाली नागरिकता लिएको विषय गम्भीर छ। जिल्ला प्रशासन कार्यालय, बारालाई छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारवाही गर्न जोडदार माग गर्दछु।”

स्थानीयवासीहरूले समेत यस्तो जालसाजीमा संलग्न व्यक्ति र मिलेमतो गर्ने कर्मचारीहरूको तत्काल पहिचान गरी कारबाही गर्न दबाव बढाएका छन्।तर, जिल्ला प्रशासन कार्यालय बाराले भने हालसम्म कुनै चासो नदेखाउनु प्रश्नको विषय बनेको छ।अब सबैको नजर जिल्ला प्रशासनको निर्णय र कारबाही तर्फ केन्द्रीत भएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय