रौतहटमा तस्करीको खुला खेल:मोटरसाइकल टोलि यथावत ,ठूला तस्करलाई चैन,सानालाई ऐन

पछिल्लाे समाचार

रौतहट।बैशाख ९। शस्त्र प्रहरी र नेपाल प्रहरीले बोर्डर एरियामा अबैध गतिविधि रोकेता पनि तस्करी बन्द भएको छैन्। भारत नेपाल बोर्डर खुला रहे संगै तस्करको रजगज भएका छन्। बजार सँग सिमा जोडिएको रौतहट सदरमुकाम गौर,लक्ष्मीपुर,ब्रहम्पुरी,महादेवपट्टी,बंजरहा,जगनगर,सानो घिउरा,चिरान नाका,रामपुर खाप,बंकुल,सरमुजवा, सहित दर्जनौं नाकाबाट सँगठीत तस्करहरुले तस्करी शुरु गरेका छन ।

बैरगनियाको मुख्य नाका तथा १ सय मिटर पुर्व होमपाईप्प र पश्चिम महादेवपट्टी नाकाको वरिपरिबाट तस्करहरुले तस्करी सुरु गरिएको हो। भने गौर भन्सार नाकाबाट विभिन्न खाद्यान्न सामाग्री लत्ताकपडा, जुत्ता चपल सहित भारतबाट अयात् भएको सामाग्रीहरुको भन्सार नै कट्दैन। गौर भन्सारमा लगभग ८ महिना देखि सवारीसाधन बाहेक करिब २ दर्जनभन्दा बढी साना तथा मझौला तस्करहरुले समानहरुको भन्सार नकटदा पनि भारतीय समानहरु चाहिँ गौरको विभिन्न पसलमा पुग्ने गर्छन् ।

यता जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालीन एसपी महेन्द्र श्रेष्ठको पालामा मोटरसाइकल टोलीमा बसेका प्रहरी हवल्दार नरेन्द्र यादवलाई केही बिवादका कारण मोटरसाइकल टोलीबाट हटाई प्रहरी चौकी राजपुर पठाएका थिए। प्रहरी चौकी राजपुरमा पनि बिवाद भए पश्चात् ईलाका प्रहरी कार्यालय चपुरको एरियामा पर्ने प्रहरी कार्यालय चेतनगर पठाएका थिए। विगत केही महिना पहिला जिल्ला प्रहरी कार्यालय रौतहट गौरको मोटरसाइकल टोली १५ दिनमा परिवर्तन हुने चलन रहेता पनि अहिले प्रहरी हवल्दार नरेन्द्र यादव लगभग ३ महिना देखि मोटरसाइकल टोलीमै यथावत् रहेको बुझिएको हो। बिगतको समय देखि हाल सम्म तस्कर संग साटघाट रहेता पनि प्रहरी हवल्दार अन्य ठाउँमा बस्न रुचाउँदैनन्।

यता राजश्व छलेका समानहरु गौरकै पसलबाट सेटिङ्गको अधारमा रौतहटको विभिन्न ठाउँमा पुग्ने गर्दछन्।राजश्व चुहावट हुन नदिन बोर्डर एरियामा शस्त्र प्रहरीको जिम्मेवारी दिएपनि सम्बन्धित एरियाको शस्त्र प्रहरीकै सेटिङ्गको भरमा चल्ने गर्दछन्। केही महिना पहिला गौर भन्सार नाकाबाट भारतीय ट्रकमा ठुलै परिमाणमा बैरगनिया छिर्न लागेको लागुअौषध गाँजा भारतीय एसएसबीले समाएका थिए। रौतहटको गौर भन्सारको पुर्वी नाका लक्ष्मीपुर बेलबिक्षवा,ब्रहम्पुरी नाकाबाट शस्त्र प्रहरीकै सेटिङ्गमा रुपेश यादव,शुनिल यादव,भगल राय,पुलिस बैठा,भोला साह, त्यसतै ब्रहम्पुरी नाकाबाट संजय सिंह,बिरेन्द्र सिंहको खुल्याम राती ११ बजे पछि बिहान ४ बजे सम्म बिहारमा प्रतिबन्धित मदिरा तस्करी हुँने गरेका छन्।

बिगत केही दिन यता जिल्ला प्रहरी कार्यालय रौतहटमा मोटरसाइकल टोली १५ दिनमा परिवर्तन हुँदा मझौला तस्करहरुमा खैलाबैला मचेका थिए। तर आज भोलि पहिला नै बसेका मोटरसाइकल टोलीलाई महिनौं दिन देखि पुरानै मोटरसाइकल टोलीलाई प्राथ्मिकता दिए पछि तस्करहरुलाई रजगज भएको बुझिएको हो।


रौतहटमा ठुला तस्करलाई चैन सानालाई ऐन।

गौर भन्सारको मुख्य नाका अगाडिको विद्युतिय पोलमा प्रशासन, भन्सार विभाग तथा गौर भन्सार कार्यालय समेतले निगरानीका लागी सिसिटिभी जडान गरेता पनि ती सिसिटिभी सर्वसाधारणका लागि मात्र प्रयोग हुने गरेको हो । तर तस्करीका दृश्य र भन्सार कर्मचारीको बदमासीहरु भने क्यामेराले कैद नै गर्न सकेको छैन । “मुख्य प्रवेशद्धार बाटै डाँफे टेम्पो गाडीमा दैनिकी तस्करले तस्करी गरिएता पनि सम्बन्धित निकायको ध्यानाकषिर्त भएको छैन्। यता डिउटीमा खटिने शस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारका कर्मचारीले ठुलो तस्करलाई बेलाबेलामा तस्करीका समानहरु पक्राउ गर्ने र भन्सार बुझाउने गरेता पनि संगठित रुपमा केही तस्करहरुले गौर सहित विभिन्न ठाउँमा भरियाको रुपमा भन्सार छलीका समानहरु पुर्‍याउने गरेका छन् ।

गौर भन्सारमा ८ महिना देखि भन्सार नकट्दा तस्करी तीब्र, क्वारेन्टाइन नबन्दा शस्त्र प्रहरीको सेटिङ्गमा गौर भन्सार नाकाबाट बिषाधु सहितको तरकारी,फलफुलको दैनिक राजश्व चुहावट हुदा समेत भन्सार विभाग मौन बसेका छन् । भने शस्त्र प्रहरी तथा नेपाल प्रहरीले गरिखानेलाई मात्र दु:ख दिने र ठुला-बडा संग सेटिङ्ग गर्ने एक ब्यपारीले बताएका छन्।

a

spot_imgspot_img
spot_img

लोकप्रिय