सिमरा रंगशालामा आजदेखि प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुँदै

पछिल्लाे समाचार

जेठ १२ सिमरा : बाराको सिमरा रंगशालामा आजदेखि प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदैछ । मधेश खेलकुद परिषद को आयोजनामा हुन लागेको प्रतियोगिता जेठ १४ गतेसम्म सञ्चालन हुने भएको हो । प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा परिषद्का सदस्य सचिव शिवजी प्रसाद कानु ले जिल्ला स्तरबाट खेलाडी छनोट प्रक्रिया पूरा भइसकेको र अब प्रदेशबाट राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि उत्कृष्ट खेलाडी छनोट गरिने बताए ।


उनले मधेश प्रदेशमा खेलकुदको वातावरण विस्तार हुँदै गएको उल्लेख गर्दै प्रतियोगिताले नयाँ प्रतिभा उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । “प्रदेशको प्रतिनिधित्व गरेर खेल्ने खेलाडीहरूलाई सुरक्षित र उत्साहित बनाउने उद्देश्यले यस वर्ष खेलकुद परिषदले खेलाडीहरूको बिमा समेत गरेको छ,” सदस्य सचिव कानुले भने । खेलाडीको सुरक्षालाई प्राथमिकतामा राख्दै परिषदले पहिलो पटक बिमा कार्यक्रम लागू गरेको उनको भनाइ थियो ।


उनका अनुसार मधेश प्रदेशका आठवटै जिल्लाबाट खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकको सहभागिता रहनेछ । ६ विधामा सञ्चालन हुने प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी कुल ८ सय २४ जनाको सहभागिता रहने जनाइएको छ ।
सदस्य सचिव कानुले पहिलो पटक सिमरामा प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना हुन लागेकाले यसले सिमरा रंगशाला को गौरव र पहिचानलाई अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे । प्रतियोगिताले मधेश प्रदेशमा खेलकुद विकाससँगै खेलप्रतिको आकर्षण बढाउने उनको भनाइ थियो । करिब ६९ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगिताको उद्घाटन मधेश प्रदेशका पूर्व खेलकुद मन्त्री प्रमोद जयसवाल ले गर्ने कार्यक्रम रहेको छ

adv

spot_imgspot_img
spot_img

लोकप्रिय