बारा प्रहरीको निरीक्षण गर्दै डिआईजी अधिकारीद्वारा प्रभावकारी सेवा र अनुशासित कार्यसम्पादनमा जोड

पछिल्लाे समाचार

असार १६ कलैया : मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) ओमप्रसाद अधिकारीले मंगलबार जिल्ला प्रहरी कार्यालय बाराको निरीक्षण तथा अनुगमन गर्दै प्रहरी कर्मचारीलाई उच्च मनोबलका साथ त्रुटिरहित ढंगले जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्। निरीक्षणका क्रममा डिआईजी अधिकारीले नागरिक सहायता कक्ष, हिरासत कक्ष, मुद्दा शाखा, प्रशासन शाखालगायत कार्यालयका विभिन्न शाखाको स्थलगत अवलोकन गरेका थिए। उनले सेवाग्राहीमैत्री प्रहरी सेवा, हिरासत व्यवस्थापन, अनुसन्धानको गुणस्तर, शान्ति सुरक्षा कायम गर्ने कार्य तथा संगठनात्मक अनुशासनलाई अझ प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएका थिए।


उनले प्रहरी कर्मचारीलाई कानुनको पालना, व्यावसायिक आचरण, जनताप्रति उत्तरदायी व्यवहार तथा मानवअधिकारको सम्मान गर्दै निष्पक्ष र प्रभावकारी रूपमा कर्तव्य सम्पादन गर्न आग्रह गरेका थिए। साथै अपराध नियन्त्रण, अनुसन्धानलाई थप सुदृढ बनाउने, सेवाप्रवाहलाई छिटोछरितो र पारदर्शी बनाउने विषयमा पनि निर्देशन दिएका थिए।

निरीक्षणका अवसरमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुवरले डिआईजी अधिकारीलाई स्वागत गर्दै जिल्लाको समग्र शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, अनुसन्धान, ट्राफिक व्यवस्थापन तथा कार्यालयले सञ्चालन गरिरहेका विभिन्न गतिविधिबारे जानकारी गराएका थिए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी युनिटमा कार्यरत प्रहरी अधिकृत र कर्मचारीहरूको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय