कोभिड १९ लगाएत बिभिन्न महामारीजन्य रोगहरुको रोकथाम नियन्त्रणको लागि अन्तरक्रिया सम्पन्न

पछिल्लाे समाचार

अखिलेश कुमार यादव । जेठ ३२ गते बारा :बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकामा कोभिड १९ लगाएत बिभिन्न महामारीजन्य रोगहरुको रोकथाम नियन्त्रण तथा निगरानीको लागि सरोकारवाला संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय जनस्वास्थ्य प्रवर्दन शाखाको आयोजनामा नगर उधोग बाणिज्य संघको सभाहलमा स्वास्थ्यकर्मी संग अन्तरक्रिया गरिएको हो । जनस्वास्थ्य प्रवर्दन शाखा प्रमुख रबि कुमार भाष्करले कोभिड १९ लगाएत बिभिन्न महामारीजन्य रोगहरुको रोकथाम नियन्त्रण तथा निगरानीको लागि स्वास्थ्यकर्मीले पूर्व तयारी अवस्थामा रहने बारे अन्तरक्रियामा उपस्थित रहेका स्वास्थ्यकर्मीलाई जानकारी गराएको हो ।

गर्मि बढे संगै अहिले झाडापखाला, डेंगु जस्ता रोग बारे उपमहानगर भित्र रहेका स्वास्थ्यकर्मीलाई पूर्व तयारीमा बस्न समेत उहाँले आग्रह गर्नु भयो । त्यस्तै उहाँले महामारी बाट जोगाउनको लागि हामीले र्यापिड टिम समेत तयार पारेको बताउनु भयो । उक्त अन्तरक्रिया कार्यक्रममा सिअहेव जितन ठाकुर लगाएत उपमहानगर भित्र रहेका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय