शिवजी प्रसादले पाए जीतपुरसिमराको निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

पछिल्लाे समाचार

१२ कार्तिक,बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शिवजी प्रसादले पाएका छन् ।जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बेदराज फुयालको गृह मन्त्रालयमा सरुवा भए पछि उपमहानगरमै कार्यरत शिवजी प्रसादलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेको हो ।

उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख शिवजी प्रसादलाई स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८४ अनुसार प्रमुख प्रशासकीय अधिकृत नखटाईएसम्मका लागि आर्थिक तथा प्रशासनिक कार्य गर्ने जिम्मेवारी तोकिएको हो ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय