गणपुरक संख्या नपुगेपछि जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगरसभा स्थगित

पछिल्लाे समाचार

अखिलेश कुमार यादव । ०६ असार । बारा : आवश्यक गणपुरक संख्या नपुगेपछि बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको बिहिवारका लागि तय भएको नगरसभा स्थगित भएको छ। नगरसभामा नेकपा एमाले ,नेपालि कांग्रेस,नेकपा एस बाट निर्वाचित जनप्रतिनिधिहरु उपस्थित नभए पछि नगरसभा स्थगित गरिएको छ । बिहान ११ बजेका लागि जीतपुरसिमरा-७ स्थित प्राइम पार्टी प्यालेसमा आव्हान गरिएको १० औं नगरसभामा गणपुरक संख्या नपुगेपछि नगरसभा स्थगित गरिएको हो ।स्थगित भएको नगरसभा शनिवारका लागि बोलाइएको छ।

जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगरसभामा गणपुरक संख्या नपुगेपछि नगरप्रमुख राजन पौडेलले नगरसभा आजको लागि स्थगित भएको बारे जानकारी गराउनु भएको थियो ।अन्तरसरकारी वित्त हस्तान्तरण ऐन, २०७४ बमोजिम सबै स्थानीयतहहरुले असार १० गते भित्र बजेट ल्याई सक्नुपर्ने नियम छ ।त्यसअघि नीति तथा कार्यक्रम ल्याउनुपर्दछ । असार १० गते भित्रै आगामी वर्षका लागि आर्थिक ऐन सर्वसहमतिले पारित हुनु पर्दछ तर जीतपुरसिमरा उपमहानगरपालिकाले १० गते बजेट ल्याउने हो भन्नेमा स्थानीयहरुले शंका गर्न थालेको छ ।

वडाध्यक्ष र कार्यापालिका सदस्यहरु किन छन् मेयर संग असन्तुष्ट

जीतपुरसिमरा उपमहानगरपालिकाको २० जना वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु नगरसभा बहिष्कार गरेको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले १० औं नगरसभामा वडाको सिलिङ्गमा कटौती गरे पछि वडाध्यक्ष र कार्यपालिका सदस्य र नगरसभा सदस्यहरुले नगरसभा बहिष्कार गरेको छ ।१० औं नगरसभामा उपमहानगरले ल्याउन लागेको बजेटमा वडाको ५० प्रतिशत सेलिङ्ग कटौती गर्न भने पछि वडाध्याक्ष्हरुले असन्तुष्टि जनाउदै नगरसभाको बिरोध गरेको छ ।नगरप्रमुख राजन पौडेलले वडाको सिलिङ्ग कटौती गरेर एक्लै ५० प्रतिशत बजेट आफैले चलाउन लागेकोले हामीले नगरसभाको बिरोध गरेको जीतपुरसिमरा उपमहानगरपालिका-१६ का वडाध्यक्ष हरिदेव खरेलले बताउनु भयो ।अघिल्लो बर्ष ३२ करोड रुपैयाँको वडा स्तरीय बजेट बनाएको उपमहानगरपालिकाले यसबर्ष १२ करोड रुपैयाँ मात्रै वडा स्तरीय सिलिङ बनाउने तयारी गरेपछि वडा अध्यक्षहरुको असन्तुष्टि बढेको हो ।

नगरसभा स्थगित भए पछि के भन्छन नगर प्रमुख राजन पौडेल

जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगरसभा बिहिवार स्थगित भए पछि नगर प्रमुख राजन पौडेलले टुक्रा टुक्रा योजनालाई कुनै पनि हालमा नगरसभामा समावेश नगरिने बताउनु भयो । टुक्रे योजना कार्यन्वयनमा थुप्रै समस्या आएकोले यसपालि टुक्रे योजनालाई हटाएर बजेट ल्याउन लाग्दा बिरोध गर्नु स्वार्थमुखी रहेको नगरप्रमुख राजन पौडेलले बताउनु भयो । वडाको सिलिङ्गमा धेरै खर्च भएको तर उपलब्धिमुलक नभएको कारण टुक्रे योजनालाई आफु कुनै पनि हालतमा नगरसभाको आगामी बर्षको बजेटमा समावेश नगर्ने नगरप्रमुख पौडेलले पत्रकारहरु संगको कुराकानीमा बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृतलाई अस्थिर बनाउने प्रवृति नगरपालिकामा देखा परेको नगरप्रमुख राजन पौडेलले बताउनु भयो । नगर प्रमुख पौडेलले टुक्रे योजना छोडेर वडाध्यक्षहरुले ल्याउने ठूला योजना आगामी बर्षको बजेटमा समावेश गर्ने बताउनु भयो ।

गणपुरक संख्या पुगेन भने कसरी हुन्छ नगरसभा के छ सबिधानमा

नेपालको संविधानको धारा २१८ अनुसार बनेको सो नियमावलीको नियम १० ले पहिलो पटक गणपुरक संख्या ५० प्रतिशतलाई, दोश्रो पटकमा ३३ प्रतिशतलाई र तेश्रोपटक जति संख्याको उपस्थिती रहन्छ त्यसैलाई गणपुरक संख्या मान्ने व्यवस्था गरेको छ । दुई पटक सम्म नगर सभा सदस्यले बहिष्कार गरेपनि तेश्रो पटक २५ प्रतिशत सदस्यबाटै नगर सभा सम्पन्न गर्ने अधिकार उनीसंग छ । १२३ जना सदस्य कायम रहेको जीतपुरसिमराको यसपटकको नगरसभामा तेश्रोपटकमा आवश्यक संख्या सहजै पौडेलसंग छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय