पर्सा राष्ट्रिय निकुञ्जमा दोहोरो झडप,झडपमा परेर एक जना सिकारीको मृत्यु

पछिल्लाे समाचार

०७ असार । बारा । पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभित्र दोहोर झडप हुदाँ एक जना सिकारीको मृत्यु भएको छ । शुक्रबार बिहान वन्यजन्तु शिकारी र निकुञ्ज सुरक्षाकर्मीबिच भएको दोहोरो झडपमा परेर सिकारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । निकुञ्ज कर्मचारी, नेपाली सेना सहितको टोली गस्तीको क्रममा वन्यजन्तु शिकारीसँग जम्काभेट हुदाँ दोहोरो झडप भएको थियो ।

निकुञ्ज कर्मचारी, नेपाली सेना सहितको टोली संग भएको झडपमा परेर हेटौडा उपमहानगरपालिका वडा नं १४ का ५२ वर्षिय वन्यजन्तु शिकारी सुकबहादुर तिक्तुङ्गको मृत्यु भएको ईलाका प्रहरी कार्यलय सिमराले जनाएको छ । शिकारीहरु भाग्ने क्रममा उनिहरुको साथबाट २ थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने ५७ राउन्ड गोली,३ सय ग्राम बारुद, २ वटा मोबाईल,हसियाँ, खुकुरी, लाईटर लगायतका साम्रगी बरामत गरिएको छ ।दोहोरो झडपको क्रममा हतियार सहित ५ जनाको समुहमा आएका शिकारीहरु मध्ये अन्य ४ जना भाग्न सफल भएको इप्रका सिमराका प्रमुख चिरन्जिवी दहालले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय