शान्ति युवा विकास मञ्चको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

अखिलेश कुमार यादव ।२९ असाढ । बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शान्ति युवा विकास मञ्च जीतपुरको आयोजना तथा मानव अधिकार एलायन्स बाराको सहकार्यमा शनिवार शान्ति टोल खेल मैदानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘रक्तदान नै जीवनदान’ भन्ने मूल नाराका साथ शान्ति युवा विकास मञ्च जीतपुरले प्रत्येक बर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आईरहेको छ ।

शान्ति युवा विकास मञ्च जीतपुरले आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिला सहित ७० जनाले रक्तदान गरेको शान्ति युवा विकास मञ्च जीतपुरका अध्यक्ष बिबेक शाहले बताएको छ । रक्तदान नै जीवन दान भएकोले हामीले गरेको रक्तदान बाट कसैको ज्यान बच्ने भएकोले यस संस्थाले प्रत्येक बर्ष रक्तदान कार्यक्रमको आयोजना अगर्दै आईरहेको अध्यक्ष शाहले बताए ।

फकिरा गिरी राजेश्वर गिरी मा. वि. का प्रधानाध्यापक राजु कुमार सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मञ्चका अध्यक्ष विवेक कुमार सोनार,जीतपुरसिमरा उपमहानगरपालिका-७ का वडा सदस्य नबिन मैनाली, मानव अधिकार एलायन्स बाराका अध्यक्ष अनिल तिवारी, दिपक गुप्ता, इन्द्रजित चौधरी, आत्मराम अधिकारी, ईश्वर थपलिया लगायतको उपस्थिति थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय