नारायणी नदी किनारमा फेला परेको शव पहिरोले बगाएको बसका यात्रुको भएको पुष्टि

पछिल्लाे समाचार

२९ असाढ, चितवन । चितवनको भरतपुर महानगरपालिका–२८ स्थित नारायणी नदी किनारमा फेलापरेको शव सिमलतालमा पहिरोले बगाएको बसका यात्रुको भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालले उक्त शव बेपत्ता गणपति डिलक्सका यात्रुको रहेको पुष्टि भएको जानकारी दिए ।

“नदी किनारमा घोप्टो परेको अवस्थामा आज बिहान शव भेटिएको थियो । शवको साथमा केही कागजात पनि भेटिएकाले प्राप्त कागजातको आधारमा शव भारतीय नागरिक ऋषिपल साहको रहेको पुष्टि भएको छ,” प्रहरी नायब उपरीक्षक रिजालले भने ।शव परीक्षणका निम्ति भरतपुर अस्पतालको शवगृहमा राखिएको उनले बताए ।

ऋषिपलले नेपालमा बसेर काम गर्दै आएका उनका दाइ सत्यपाल साहले बताए । सत्यपालले शनिबार बिहान फेलापरेको शव भाइ ऋषिपलको भएको पुष्टि गरे ।भारतको मोतिहारी, राजमुनुवा घर भएका २८ वर्षीय ऋषिपल काठमाडौंको जोरपाटीबाट रौतहटको गौर जान गणपति डिलक्स चढेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय