जीतपुरसिमरा उपमहानगरको बाढी पीडितलाई तत्काल राहत बितरण गरिने

पछिल्लाे समाचार

०७ भदौ।बारा ।शुक्रबार बिहान भएको अविरल बर्षाको कारण जीतपुरसिमरा उपमहानगरपालिकाको सयौं घर डुबानमा परेको छ ।शुक्रबार बिहान करिब २ घण्टा परेको अविरल बर्षाको कारण वडा न ५ बकुलिया वडा न २ सिमरामा करिब सयौं घर डुबानमा परेको छ ।उपमहानगर भित्र करिब सयौं घर डुबानमा परेको खबर पाए पछि जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले स्थलगत निरिक्षन गर्नु भएको थियो ।

नगरप्रमुख पौडेलेल बाढी बाट प्रभावित रहेको स्थलको निरिक्षण गर्दै शुक्रवार बिपद ब्यवस्थापन समितिको बैठक डाकेर तत्काल बाढिले प्रभावित वडामा राहत बितरण गर्न निर्देशन दिनु भएको छ।उपमहानगरले बाढी प्रभावित वडाको वडाध्यक्षलाई बोलाएर राहत समाग्री हस्तान्तरण गरेको उपमहानगरले जनाएको छ ।

उपमहानगरमा बाढी बाट के कतिको क्षती भएको त्यसको तथ्यांक संकलन भईरहेकोले तत्काल बाढी बाट पिडित भएका जनताको लागि उपमहानगरले चामल,आलु टेल,नुन जस्ता खाने समाग्री राहत स्वरुप उपलब्ध गराएको छ ।नगरप्रमुखले बाढी आएको केही बेरमै स्थलगत निरिक्षण गरेर तत्काल राहत समाग्री बाढी पिडितलाई उपलब्ध गराउनमा निर्देशन दिनुले बाढी पीडितमा ठूलो आश पलाएको छ ।शुक्रबार भएको अविरल बर्षाको कारण सिमरामा एक जनाको पक्की घरनै बाढिले भटकाएको छ भने गुडिरहेको गाडिलाई समेत बगाएको स्थानियले बताएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय