प्रथम त्रियटिभ जीतपुरसिमरा भेट्रान कप कार्तिक ६ गते देखि सिमरामा हुने 

पछिल्लाे समाचार

अखिलेश कुमार यादव। १२ भदौ। बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा त्रियटिभ प्रथम जीतपुरसिमरा भेट्रान कप प्रतियोगिता हुने भएको छ । कार्तिक ६ गते देखि सुरु हुने प्रतियोगिता कार्तिक १० गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न सहरका भेट्रान क्लब सहभागी हुने आयोजकले जनाएको छ ।

त्रियटिभ प्रथम जीतपुरसिमरा भेट्रान कपमा पोखरा भेट्रान, धरान भेट्रान, काठमाडौं भेट्रान,त्रिभुवन आर्मी क्लब भेट्रान, चितवन भेट्रान, हेटौंडा भेट्रान, बिरगंज भेट्रान गरि २० वटा भेट्रान क्लब सहभागी हुने नवजन जागृति भेट्रान क्लबका सचिव रामप्रसाद पाठकले जानकारी दिए । भेट्रान प्रतियोगिताको नियम र मापदण्ड अनुसार खेलाडीलाई सहभागी गराइने छ ।प्रतियोगितामा पहिलो हुने टिमले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । दोस्रो हुनेले ५० हजार रुपैयाँ र विभिन्न विधामा खेलाडीलाई पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।

बारा जिल्लाको खेलकुदको विकास र सिमराको पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले जीतपुरसिमरा उपमहानगरपालिकामा त्रियटिभ प्रथम जीतपुरसिमरा भेट्रान कप प्रतियोगिता गर्न लागिएको नवजन जागृति  भेट्रान क्लबका सचिव रामप्रसाद पाठकले पत्रकार सम्मेलनमा जानकारी दिए । सिमरा रंगशालामा हुने प्रतियोगितामा अनुमानित १३ लाख  रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।यश प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा त्रियटिभ डिजिटल प्राली रहेको छ भने मुख्य सहयोगिको संस्थाको रुपमा जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय र नवजन जागृति क्लब सिमरा रहेको छ।

नव जनजागृति भेट्रान क्लबले आयोजना गरेको पत्रकार सम्मेलन त्रियटिभ डिजिटल प्रालिका अध्यक्ष कमल बाबू चौधरीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ।उक्त पत्रकार सम्मेलनमा जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न २ का वडाध्यक्ष धन बहादुर श्रेष्ठ ,मधेश प्रदेश फूटबल संघका कोषाध्यक्ष शम्भु सिंह ठकुरी , नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी लगाएतले शुभकामना मन्तव्य राखेको थियो भने कार्यक्रमको संचालन पत्रकार एसएस पटेलले गरेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय