टाटासुमो र मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना ,घटनास्थलमा २ को मृत्यु

पछिल्लाे समाचार

१० भदौ । रौतहट : रौतहटमा टाटासुमो र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको छ  ।बाराको निजगढबाट चन्द्रपुर तर्फ  जाँदै गरेको बाग्मती प्रदेश ०३–००१च ५३१ नम्बरको टाटा सुमो र चन्द्रपुर बाट  निजगढतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ८०२५ नम्बरको मोटरसाइकल चन्द्रपुर ४ स्थित धन्सार पुल नजिकै एकआपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको रौतहट प्रहरिले जनाएको छ ।

दुर्घटनामा परेर मृत्यु हुनेमा सुनसरी जिल्लाको  धरान उपमहानगरपालिका १५ का ३३ वर्षीय तुलसी ओझा र मोरङ सुन्दरहरैचा नगरपालिका ११ का विवश सापकोटाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

दुर्घटनालगत्तै मोटरसाइकलमा सवार दुवैलाई अस्पताल लगिएपनि चिकित्सकले मृत घोषित गरेका गरेका थिए । सुमोलाई प्रहरीले नियन्त्रणमा लिएको र मृतकको शव पोस्टमार्टमको  लागि चन्द्रपुरस्थित अस्पतालमा लगिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय