कार र मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु 

पछिल्लाे समाचार

०९ भदौ।अखिलेश कुमार यादव।बारा ।बारामा आईतबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका १ अधाभार जङ्गलमा कार र मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाईकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।अमलेखगञ्ज बाट पथलैया तर्फ आउँदै गरेको बा ५८ प ४१४५ नम्बरको मोटरसाइकल र पथलैया बाट हेटौंडा तर्फ जाँदै गरेको बिएबि ५०३५ नम्बरको कार एक आपसमा ठोकिँदा दुर्घटना भएको बारा प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर मोटरसाईकल चालक सर्लाही जिल्ला बागमती नगरपालिका वडा न ४ जिराईत टोल बस्ने अन्दाजी बर्ष ३५ को मान बहादुर प्रधानको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।प्रधानको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल कलैया लगिएको छ। कार चालक  काठमाडौ बस्ने अ. वर्ष ४०/४२ को मनोज घिमिरे सहित कार र मोटरसाइकल  नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय