गढीमाई मन्दिर संचालन तथा बिकास समितिका पूर्ब महासचिव कुशवाहा सहित १३ जना पक्राउ

पछिल्लाे समाचार

बारा- भद्र -८ – विश्व प्रसिद्ध गढीमाई मन्दिर संचालन तथा बिकास समितिका पूर्ब महासचिव मोतिलाला कुशवहा सहित १३ जना जुवाको आरोपमा पक्राउ परेका छन । महागढीमाई नगरपालिका वडा नं १ मा बस्ने महासचिव मोतिलाल कुशवहाको घरमा प्रहरीले छपा मार्दा जुवा खेल्ने आरोपमा महासचिव कुशवहा सहित १३ जनालाई प्रहरीले पक्राउ गरेका छन ।

पक्राउ पर्नेमा राजेन्द्र साह कानु ,मनोज प्रसाद कुशवहा , मोतिलाल प्रसाद ,बिनोद प्रसाद , जाकीर हुसेन ,राजु प्रसाद कुशवहा ,अच्छेलाल महतो ,कस्तुरी साह, राजकिशोर प्रसाद कुशवहा ,जितेन्द्र तिवारी , सुकदेव प्रसाद यादव ,र मुस्ताक खान पैठानलाई प्रहरीले पक्राउ गरेका छन। तास खेल्ने क्रममा १३ जना जुवाडीलाई रंगेहाथ पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय बाराले प्रेस बिग्यपित मार्फत जानकारी गराइएको छ ।जुवाडीलाई पक्राउ गर्दा जुवाडीहरुको साथबाट नेपाली रू.१ लाख ७१ हजार २ सय ८० रूपैया समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय