बारामा मोटरसाईकल दुर्घटनामा परि चालकको मृत्यु 

पछिल्लाे समाचार

०८ भदौ बारा ।बारामा शनिवार मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयामा मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिदा दुर्घटना भएको हो ।

बा ७५ प ५४५१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिदा मोटरसाइकल चालक पथलैयाका आदेश लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।मोटरसाईकलको ठक्कर बाट घाईते भएको पैदल यात्रीको अहिले बिरगंज स्थित ब्योधा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ  ।  मृतका लामाको शव पोष्टमार्टमका लागी अस्पताल लगिएको छ । घटना बारे ठप्प अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय