कैलालीमा सर्पले डसेर एकै घरको दुई बालिकाको मृत्यु

पछिल्लाे समाचार

०८ भदौ । धनगढी । कैलालीमा सर्पले डसेर दुई बालिकाको मृत्यु भएको छ । जिल्लाको गौरीगङ्गा नगरपालिका–७ महुलियामा सर्पले डसेर एकै घरमा दिदी बैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

४ वर्षीया काजल र ७ वर्षीया निता घर्तीमगरलाई शुक्रबार राति सुतिरहेको अवस्थामा सर्पले डसेको थियो। सर्पले डसेपछि स्थानीय अस्पतालबाट थप उपचारको लागि धनगढी ल्याइएको थियो । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनीहरु दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए ।

सोही समयमा बालिकाकी हजुर आमा मेनुका घर्तीमगरलाई पनि सर्पले डसेको छ। उनको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय