बकुलियाका बाढी पिडितलाई जीतपुरसिमरा उपमहानगरको राहत प्याकेज

पछिल्लाे समाचार

०८ भदौ।बारा । शुक्रबार बिहान भएको अविरल बर्षाको कारण बाढी बाट पिडित बनेकोलाई राहत समाग्री बितरण गरिएको छ ।जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-५ बकुलियामा बाढी बाट पिडित भएकाहरुलाई जीतपुरसिमरा उपमहानगरले राहत प्याकेज बितरण गरेको छ ।

राहत लिदै बाढी पिडितहरु

शनिवार बिहान जीतपुरसिमरा उपमहानगरपालिका वडा न ५ बकुलियाका वडाध्यक्ष दिपेन्द्र चौधरीको अगुवाईमा बकुलियाका बाढी पिडितलाई उपमहानगरले तत्कालको लागि राहत बितरण गरेको छ । शुक्रबार जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा बसेको बिपद ब्यवस्थापन समितिको बैठले तत्काल बाढी पिडितलाई खाद्यान्न समाग्री बितरण गर्न निर्णय गरेको र सोही निर्णय अनुसार पहिलो चरणमा बकुलियाको ७० जना बाढी पिडितलाई राहत समाग्री बितरण गरिएको वडाध्यक्ष दिपेन्द्र चौधरीले बताए।उनले भने तत्काल उपमहानगरले बाढी पिडितको लागि केही खाने कुराहरु पठाएको छ त्यो हामिले बाढी पिडितलाई बितरण गरेका छौ।

शुक्रवार आएको अविरल बर्षाको कारण बाट पिडित बनेका प्रत्येक परिवारलाई २० केजि चामल,२.५ केजि आलु, १ लिटर खाने तेल,१ किलो दाल,१ किलो नुन,२ केजि भुजा,१ प्याकेट मसला,१२ पिस चाउचाउ ,दालमोट १ प्याकेट ,बिस्कुट १२ पिसको दरले राहत बितरण गरिएको छ।शुक्रबार उपमहानगरको अनुगमन टोलिले बाढी पिडितको तथ्यांक संकलन गरेर लगेको र सोही अनुसार वडामा राहत उपलब्ध गराएकोले पहिलो चरणमा ७० जनालाई राहत बितरण गरिएको र अब अर्को चरणमा राहत नपाएकोहरुको नाम संकलन गरेर पुनः राहत बितरण गरिने वडा सदस्य इन्दल पासवानले बताए ।जीतपुरसिमरा नगरप्रहरी र इलाका प्रहरी कार्यालय जीतपुरको रोहवरमा बकुलियाका बाढी पिडितलाई राहत बितरण गरिएको वडा कार्यालयले जनाएको छ ।राहत पाए पछि स्थानियहरु खुशी भएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय