एकीकृत अखिल नेपाल शिक्षक संगठन बाराको पाँचौ जिल्ला परिषद सम्पन्न 

पछिल्लाे समाचार

असोज ०५ सिमरा । नेकपा माओवादी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन बाराको पाँचौ जिल्ला परिषद भेला सम्पन्न भएको छ । शनिवार सिमरा स्थित पराडाईज होटेलमा सो भेला सम्पन्न भएको हो । संगठन अध्यक्ष रोशन यादवको अध्यक्षता तथा अखिल शिक्षक संगठन मधेश प्रदेशका अध्यक्ष  भुपनारायण यादबको प्रमुख आतिथ्यतामा परिषद सम्पन्न भएको हो ।

भेलालाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले शिक्षा नै बिकासको मेरुदण्ड भएको भन्दै शिक्षकलाई उत्प्रेरित गरेर शिक्षामा उपलब्धी बढाउनुपर्ने बताए । जीतपुरसिमरा उपमहानगरपालिकालिकामा  सामुदायिक विद्यालयको स्तरउन्नती गर्दै गएको बताउँदै उनले बालबालिकालाई विद्यालयमा भर्नासंगै सिकाउने र टिकाउने विषयमा केन्द्रीत रही विद्यालय सुधारका काम भैरहेको जानकारी दिए ।

उपमहानगरपालिकाले दिवा खाजा व्यवस्थित बनाउने देखि शौचालय, खेलकुद र भौतिक पूर्वाधारको पर्याप्ततामा जोड दिएको उनको दावी छ । शिक्षकहरु जानकार भएर मात्र नहुने र समय संगै अपडेट हुनुपर्ने आवश्यकता औल्याउदै उनले सिकाइ सैली विद्यार्थी मैत्री बनाउन र प्रविधिको प्रयोग गर्न सुझाव दिए ।

त्यसैगरी नेकपा माओवादीको जीतपुरसिमरा नगर कमिटी अध्यक्ष प्रेम बरालले गोठे बासुले अन्य शिक्षक संगठनका सदस्य भन्दा अब्बल बन्न र विद्यार्थीलाई आफ्नै सन्तान लाई झैँ स्नेही एवं गुणस्तरीय शिक्षा प्रदान गर्न प्रोत्साहित गरे । राज्यको सचेत वर्गको रुपमा हरेक परिवर्तन ल्याउन शिक्षकहरुको महत्वपूर्ण भुमिका रहेको स्मरण गर्दै उनले अब शिक्षकहरु समाजवादी बाटोमा अघि बढ्नुपर्नेमा जोड दिए ।

भेलामा प्रमुख अतिथि रहेका संगठनका मधेश प्रदेश अध्यक्ष  भुपनारायण यादवले पेशागत हकहितका लागि संगठनले गरेको योगदानबारे चर्चा गर्दै शैक्षिक आन्दोलनमा आफ्नो संगठन सदैव अग्र मोर्चामा रहेको उल्लेख गरे । उनले विद्यालयको स्तर उन्नती र शिक्षाको गुणस्तर वृद्धिको लागि कुनै कसर बाँकी नराख्ने बताउदै तीनै तहका सरकारलाई शिक्षा र शिक्षकका समस्याबारे ध्यानाकर्षण गरिएको र रचनात्मक सहयोग पुर्याइरहेको प्रष्ट पारे ।

अध्यक्ष रोशन यादवको अध्यक्षतामा सम्पन्न भेलाको संचालन भवन खडकाले गरेका थिए । सो अवसरमा नेकपा माओवादीका केन्द्रीय सदस्य गिता कंडेल,एकीकृत अखिल शिक्षक संगठनका बारा जिल्ला इन्चार्ज राजु अधिकारी लगाएत शिक्षकहरुको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय