अत्याधिक गर्मी बढे पछि जीतपुरसिमरा उपमहानगरपालिकाको विद्यालयमा २ दिन बिदा 

पछिल्लाे समाचार

०७ असोज।सिमरा। । अत्याधिकगर्मी बढेपछि बाराको   जीतपुर सिमरा उपमहानगरपालिकाका विद्यालयमा दुई दिन बिदा दिइएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्थामा मंगलबार र बुधवार बिदा दिने निर्णय गरेका हुन् ।अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि सञ्चालन गर्न कठिनाइ भएपछि बदा दिने निर्णय गरिएको उपमहानगरको शिक्षा शाखा प्रमुख शिवजी प्रसादले जानकारी दिनुभयो  ।

गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावना बढेपछि मंगलबार र बुधबार बिदा दिने निर्णय गरेको उपमहानगरपालिकाले जनाएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख स्तरीय  निर्णयअनुसार उपमहानगरपालिकाको शैक्षिक क्यालेण्डरमा उल्लेखित साउन महिनाको वर्षे बिदाबाट कट्टा हुनेगरी दुई दिन उपमहानगर क्षेत्रभित्र सञ्चालित सबै सार्वजनिक तथा संस्थागत विद्यालयहरु बिदा दिइएको शिक्षा शाखा प्रमुख शिवजी प्रसादले जानकारी दिनुभयो ।यता अत्याधिक गर्मी बढे पछि बाराको स्थानिय तहहरुले बिहानी पख कक्षा संचालन गर्न विद्यालयलाई परिपत्र गरेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय